कामना सेवा विकास बैंकले २०औँ वार्षिक साधारण सभा बोलायो, १५ प्रतिशत नगद लाभांश पारित गर्ने
- BFIS News
- 2026 Aug 25 10:53
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न २०औँ वार्षिक साधारण सभा बोलाएको छ।
बैंकले भदौ ३१ गते बुधबार काठमाडौंको बालुवाटार रोड, भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा वार्षिक साधारण सभा आयोजना गर्ने भएको हो। सभा बिहान ११ बजे सुरु हुनेछ।
सभामा अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिदेखि असार मसान्त २०८३ सम्म अनुपातिक रूपमा ९ प्रतिशत लाभांश तथा साधारण शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश, करसहित, वितरण गर्ने प्रस्ताव पेस गरिनेछ।
त्यस्तै, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ। लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणलगायतका प्रस्तावसमेत सभामा छलफल गरी पारित गरिने बैंकले जनाएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले भदौ १८ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यसअनुसार भदौ १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया