Nepal Life

डिजिटल सेवा प्रदायकको बदमासी, प्रभु पेले बीमित सँग संकलित बीमा शुल्क दुई वर्षमा पनि प्रभु महालक्ष्मीलाई बुझाएन

Global Ime detail Page
  • BFIS News
  • 2023 Oct Mon 11:40
डिजिटल सेवा प्रदायकको बदमासी, प्रभु पेले बीमित सँग संकलित बीमा शुल्क दुई वर्षमा पनि प्रभु महालक्ष्मीलाई बुझाएन
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले प्रभु पेलाई डिजिटल प्रणालीबाट संकलित नविकरण बीमा शुल्क तत्काल राफसाफ गर्न निर्देशन दिएको छ । प्रभु पेले १६४ जना बीमितहरु सँग संकलन भएको बीमा शुल्क मध्ये ४४ लाख ५४ हजार १२९ रुपैयाँ लामो समयदेखि भुक्तानी नगरेपछि कम्पनीले सार्वजनिक सूचना नै जारी गरेर जानकारी गराएको छ ।

NIMB

कम्पनीले प्रभु पेलाई पटक पटक यस विषयमा जानकारी गराउदै सिघ्र भुक्तानीका लागि अनुरोध गर्दै आएको थियो । तर प्रभु पेले अटेर गर्दै बीमित सँग संकलन भएको रकमलाई गैरकानुनी रुपमा कब्जा गरेर राखे पछि बाध्य भएर यस्तो सूचना जारी गर्नु परेको हो ।

साविक प्रभु लाइफ हाल प्रभु महालक्ष्मी लाइफ र प्रभु टेक्नोलोजी अन्तर्गत प्रभु पे विच २०१९ सेप्टेम्बर २७ मा बीमितहरुको नविकरण बीमा शुल्क संकलन गर्ने र सो रकम २४ देखि ४८ घण्टा भित्र कम्पनीलाई सोधभर्ना भुक्तानी दिनु पर्ने व्यवस्था गरिएको थियो ।  

प्रभु पेले उक्त रकम असुलीका लागि गएको भदौ १८ गते ३० दिन भित्र भुक्तानी गर्ने र नगरेमा असुलीको लागि कानुनी कारबाही गर्न सक्ने भन्दै दुई कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु विच नै सहमति भएको थियो । तर उक्त अन्तिम सहमतिको पनि कार्यान्वयन नभए पछि उक्त रकम २१ दिन भित्र फर्छौट गर्न निर्देशन दिएको छ । यदि २१ दिन भित्रमा पनि उक्त रकम प्राप्त नभएमा कम्पनीले थप कानुनी प्रकृयाँ अगाडी बढाउने भएको छ ।

प्रभु ग्रुपकै लगानी रहेको प्रभु पे २०७५ साउनदेखि सञ्चालन हुँदै आएको छ । यसरी एउटै समुहको प्रमख लगानी रहेको संस्थाले रकम भुक्तानी नगरी अटेर गर्दा बीमितको कोषमा ठुलो असर पर्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया