नेप्से लगातार तेस्रो दिन घट्यो, कारोबार रकम पनि खुम्चियो
- BFIS News
- 2026 Jul 29 17:55
काठमाडौं । पछिल्ला केही दिन सुधारको संकेत देखाएको नेपाली शेयर बजार पुनः ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार तेस्रो कारोबार दिन घट्दै बुधबार ७.७९ अंकले ओरालो लागेर २,६८८.८८ बिन्दुमा कायम भएको छ।
आज ३४३ कम्पनीका ९७ लाख ३९ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा कुल ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घटेको छ।
कारोबारका क्रममा १३ मध्ये ११ उपसमूहका सूचक घटेका छन् भने दुई उपसमूहमा मात्रै सामान्य वृद्धि देखिएको छ। आज सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक घटेको हो।
बजारमा ७८ कम्पनीको शेयर मूल्य बढ्दा १८६ कम्पनीको शेयर मूल्य घटेको छ। यस्तै, ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
पछिल्ला केही दिन बजार सुधार हुने अपेक्षा देखिए पनि नेप्से परिसूचक र कारोबार रकम दुवैमा आएको गिरावटले बजारमा दबाब कायम रहेको संकेत गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया