NIMB Header 2
Prabhu Mahalaxmi

नाफा घट्दा पनि साना किसान विकास लघुवित्तको लाभांश क्षमता बलियो, वितरणयोग्य नाफा १ अर्ब ६४ करोड

United Ajod
  • BFIS News
  • 2026 Jul 31 10:59
नाफा घट्दा पनि साना किसान विकास लघुवित्तको लाभांश क्षमता बलियो, वितरणयोग्य नाफा १ अर्ब ६४ करोड
IME LIFE

काठमाडौं । थोक कर्जा प्रदायक संस्था साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (SKBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार संस्थाको खुद नाफामा वार्षिक आधारमा गिरावट आए पनि चुक्ता पूँजी, कुल सम्पत्ति तथा वितरणयोग्य नाफामा वृद्धि भएको छ। साथै, संस्थाको लाभांश वितरण गर्ने क्षमता पनि बलियो देखिएको छ।

Nepal Life
NIMB

गत आर्थिक वर्षको असार मसान्तसम्म संस्थाले ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा संस्थाले ८७ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यस आधारमा खुद नाफा २५.३६ प्रतिशतले घटेको हो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि घटेको छ। अघिल्लो वर्ष १ अर्ब ७९ करोड ६३ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी घटेर १ अर्ब २७ करोड ३९ लाख ७० हजार ३९६ रुपैयाँमा सीमित भएको छ। त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब २७ करोड रुपैयाँबाट घटेर करिब ९३ करोड रुपैयाँमा झरेको छ।

यद्यपि, सञ्चित नाफा तथा नियमनकारी समायोजनका कारण संस्थाको लाभांश वितरण क्षमता भने उच्च रहेको देखिएको छ। नियमनकारी समायोजनपछि असार मसान्तसम्म संस्थाको कुल वितरणयोग्य नाफा १ अर्ब ६४ करोड ८४ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा ३३ रुपैयाँ ४६ पैसा कायम भएको छ। यसले चालु आर्थिक वर्षमा पनि शेयरधनीले आकर्षक लाभांश प्राप्त गर्ने सम्भावना रहेको संकेत गरेको छ।

वित्तीय सूचकहरूमा पनि संस्थाले विस्तार कायम राखेको छ। अघिल्लो वर्ष ४ अर्ब ३१ करोड २६ लाख रुपैयाँ रहेको चुक्ता पूँजी बढेर ४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष ४ अर्ब ३३ करोड २८ लाख रुपैयाँ कायम भएको छ।

त्यस्तै, साना किसान तथा अन्य सहकारी संस्थालाई प्रवाह गरिएको नेट कर्जा ३४ अर्ब ३० करोड रुपैयाँबाट बढेर ३५ अर्ब ३९ करोड २९ लाख रुपैयाँ पुगेको छ। कुल सम्पत्ति पनि अघिल्लो वर्षको ४१ अर्ब ५० करोड रुपैयाँबाट वृद्धि भई ४१ अर्ब ९९ करोड २४ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया