NIMB Header 2
Prabhu Mahalaxmi

सामुदायिक र सञ्जीवनी लघुवित्तबीच मर्जर प्रक्रिया अघि बढ्यो, संस्थापक सेयर कारोबार रोक्न नेप्सेलाई अनुरोध

United Ajod
  • BFIS News
  • 2026 Aug 03 15:14
सामुदायिक र सञ्जीवनी लघुवित्तबीच मर्जर प्रक्रिया अघि बढ्यो, संस्थापक सेयर कारोबार रोक्न नेप्सेलाई अनुरोध
Sanima Reliance Life Insurance Company

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने तथा गाभिने (मर्जर) प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।

Nepal Life
NIMB

दुवै संस्थाले प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेसँगै नियामकीय प्रक्रिया अघि बढाइएको छ भने संस्थापक सेयरको कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई अनुरोध गरिएको छ।

सामुदायिक लघुवित्तले नेप्सेलाई पठाएको पत्रमार्फत साउन १८ गते दुवै संस्थाबीच मर्जरसम्बन्धी एमओयूमा हस्ताक्षर सम्पन्न भएको जानकारी गराएको हो। कम्पनीका अनुसार नेपाल राष्ट्र बैंकको गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ अनुसार प्रक्रिया अघि बढाइएको छ।

मर्जरपछि काभ्रेपलाञ्चोकको बनेपा–१४ साँगामा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्त र दाङको तुलसीपुर–५ स्थित केन्द्रीय कार्यालय रहेको सञ्जीवनी लघुवित्त एकीकृत हुने तयारीमा छन्।

सामुदायिक लघुवित्तले राष्ट्र बैंकको निर्देशिकाको दफा ३(१) बमोजिम मर्जर प्रक्रिया सुरु भएको उल्लेख गर्दै दफा ७ अनुसार सम्बन्धित संस्थाको साधारणसभाबाट आवश्यक निर्णय नभएसम्म संस्थापक सेयरधनीको सेयर कारोबार रोक्का गरिदिन नेप्सेसँग अनुरोध गरेको जनाएको छ।

राष्ट्र बैंकको प्रचलित व्यवस्थाअनुसार मर्जर प्रक्रिया प्रारम्भ भएपछि अन्तिम स्वीकृति प्राप्त नभएसम्म र सम्बन्धित कम्पनीहरूको साधारणसभाले मर्जर अनुमोदन नगरेसम्म संस्थापक सेयरको कारोबार रोक्का रहने व्यवस्था छ।

एमओयूमा हस्ताक्षरपछि अब दुवै संस्थाले सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए), सेयर स्वाप अनुपात निर्धारण, नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गर्ने तथा साधारणसभाबाट मर्जर अनुमोदन गराउने प्रक्रिया पूरा गरेपछि एकीकरणले अन्तिम रूप लिनेछ।

शेयर गर्नुहोस

IME LIFE

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार