NIMB Header 2
Prabhu Mahalaxmi

एक्सेल डेभलपमेन्ट बैंकको खुद नाफा ३० करोड ९४ लाख, वितरणयोग्य नाफा ऋणात्मकबाट धनात्मकमा

United Ajod
  • BFIS News
  • 2026 Aug 04 13:12
एक्सेल डेभलपमेन्ट बैंकको खुद नाफा ३० करोड ९४ लाख, वितरणयोग्य नाफा ऋणात्मकबाट धनात्मकमा
IME LIFE

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा, सञ्चालन नाफा तथा वितरणयोग्य नाफामा उल्लेख्य सुधार भएको जनाएको छ।

Nepal Life
NIMB

बैंकले कर्जा नोक्सानी व्यवस्थापनमा सुधारसँगै नाफा वृद्धि गरेको देखिएको छ भने अघिल्लो वर्ष ऋणात्मक रहेको वितरणयोग्य नाफा यस वर्ष धनात्मक बनेको छ।

सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको १३ लाख ५१ हजार रुपैयाँबाट बढेर ३० करोड ९४ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.७२ प्रतिशतले वृद्धि भई ५६ करोड ५५ लाख रुपैयाँबाट ६४ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्ष १७ करोड २६ लाख रुपैयाँ बराबरको कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) गरेको बैंकले चालु आर्थिक वर्षमा कर्जा असुलीमा सुधार भएपछि १९ करोड ४२ लाख रुपैयाँ राइटब्याक गरेको छ। यसले बैंकको नाफा वृद्धिमा उल्लेख्य योगदान दिएको वित्तीय विवरणमा उल्लेख छ।

बैंकको सञ्चालन नाफा पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्षको ११ करोड २१ लाख रुपैयाँ रहेको सञ्चालन नाफा समीक्षा अवधिमा ५३ करोड ९५ लाख रुपैयाँ पुगेको छ।

नियामकीय समायोजन तथा अघिल्लो वर्षको सञ्चित घाटा समायोजनपछि बैंकको वितरणयोग्य नाफा १७ करोड ९७ लाख रुपैयाँ पुगेको छ। चुक्ता पुँजीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा १४ रुपैयाँ ३८ पैसा कायम भएको बैंकले जनाएको छ।

बैंकको कुल सम्पत्ति बढेर २१ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ। चुक्ता पुँजी १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोष, सञ्चित नाफा, शेयर प्रिमियम तथा अन्य जगेडा कोषसहित कुल कोष ९७ करोड २९ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा निक्षेप संकलन १२.६३ प्रतिशतले बढेर १६ अर्ब ४९ करोड रुपैयाँबाट १८ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। यस्तै, कर्जा प्रवाह ८.८२ प्रतिशतले वृद्धि भई १२ अर्ब ११ करोड रुपैयाँबाट १३ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म १८ अर्ब ९८ करोड रुपैयाँ रहेको कुल सम्पत्ति बढेर समीक्षा अवधिमा २१ अर्ब ३२ करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख गरिएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया