NIMB Header 2
Prabhu Mahalaxmi

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका सीईओसँग छलफल गर्ने

United Ajod
  • BFIS News
  • 2026 Aug 04 13:18
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका सीईओसँग छलफल गर्ने
IME LIFE

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग अर्थतन्त्र, वित्तीय बजारको अवस्था तथा बजेटमा घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमको कार्यान्वयनबारे छलफल गर्ने भएका छन्।

Nepal Life
NIMB

अर्थ मन्त्रालयका अनुसार दिउँसो ३ बजे मन्त्रालयमा हुने बैठकमा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गमा वर्गीकृत २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी हुनेछन्।

छलफलमा चालु आर्थिक वर्षको बजेटमा समेटिएका आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा बैंकिङ क्षेत्रको भूमिका, वित्तीय प्रणालीको वर्तमान अवस्था तथा सुधारका लागि आवश्यक विषयमा राय–सुझाव आदानप्रदान हुने जनाइएको छ।

सरकारले बजेटमार्फत घोषणा गरेका सुधार कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न बैंकिङ क्षेत्रसँग समन्वय बढाउने उद्देश्यले उक्त बैठक आयोजना गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया