Nepal Life

सानिमा रिलायन्सको व्यतित बीमालेख पुनर्जागरण अभियान, बिलम्ब शुल्कमा शतप्रतिशत छुट पाउने आज अन्तिम दिन

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Wed 11:41
सानिमा रिलायन्सको व्यतित बीमालेख पुनर्जागरण अभियान, बिलम्ब शुल्कमा शतप्रतिशत छुट पाउने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको व्यतित बीमालेख पुनर्जागरण अभियान आज सकिदैछ । कम्पनीले प्रथम पटक म्याद थप गरिएको व्यतित बीमालेखलाई पुनर्जागरण गर्दा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने व्यवस्था गरेको छ ।

NIMB

यो अभियान असोज १५ गतेदेखि सुरु गरिएको थियो । सानिमा रिलायन्स लाइफको बीमा पोलिसी खरिद गरेर विभिन्न कारणले नविकरण बीमा शुल्क भुक्तानी गर्न नसकेका बीमितलाई यस्तो अफर ल्याएको हो ।

यदि यो अभियान भन्दा अन्य समयमा व्यतित भएका बीमालेख नविकरण गर्नु परेमा नियम अनुसार अतिरिक्त व्याज रकम पनि भुक्तानी गर्नु पर्छ । जीवन बीमा कम्पनीहरुले व्यतित बीमालेखमा सधै व्याज छुटको अफर ल्याएका हुँदैनन् ।

सकेसम्म जीवन बीमा गरिसके पछि पोलिसीलाई निरन्तरता दिनु पर्छ । यदि पोलिसी व्यतित भयो भने बीमितले बीमा पोलिसीमा रहेको सुविधाहरु पाउन सक्दैनन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया