Nepal Life

६५ मेगावाट दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 10 17:38
६५ मेगावाट दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न

काठमाडौं । ६५ मेगावाट क्षमताको दुधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। ५ मेगावाट र ४२ मेगावाट क्षमताका जलविद्युत् आयोजना सफलतापूर्वक अघि बढाएको माउन्टेन इनर्जी नेपालको प्रवर्द्धनमा वित्तीय व्यवस्थापन सम्पन्न भएको हो।

Nepal Life
NIMB

एनएमबी बैंकको नेतृत्वमा सानिमा बैंक सहितको वित्तीय व्यवस्थापन रहनेछ। बैंकिङ क्षेत्रबाट आवश्यक ऋण लगानी सुनिश्चित भएसँगै आयोजना निर्माणको वित्तीय आधार तयार भएको हो। संयुक्त हस्ताक्षरका क्रममा माउन्टेन इनर्जीका अध्यक्ष प्रदिपजंग पाण्डे, तथा बैंकको तर्फबाट एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमेर, नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय लगायतको सहभागिता रहेको थियो। 

जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन सम्पन्न हुनु निर्माणका लागि आवश्यक प्रमुख चरणमध्ये एक हो। यससँगै आयोजना निर्माणका लागि आवश्यक ऋण तथा प्रवर्द्धकको लगानी जुटाउने प्रक्रिया औपचारिक रूपमा टुंगिएको छ।

माउन्टेन इनर्जीले यसअघि ५ मेगावाट र ४२ मेगावाट क्षमताका जलविद्युत् आयोजनामा काम गरिसकेको पृष्ठभूमिमा दूधखोला आयोजना अघि बढाएको हो। विगतका आयोजनाबाट प्राप्त अनुभव र परियोजना व्यवस्थापन क्षमतालाई आधार बनाउँदै कम्पनीले ठूलो क्षमताको अर्को आयोजना विकास गर्न लागेको हो।

नेपालमा विद्युत् उत्पादन क्षमता विस्तारसँगै जलविद्युत् आयोजनामा निजी क्षेत्रको लगानी पनि बढ्दै गएको छ। तर, ठूला जलविद्युत् आयोजना निर्माणका लागि ठूलो पूँजी आवश्यक पर्ने भएकाले बैंक तथा वित्तीय संस्थाबाट ऋण जुटाउने प्रक्रिया परियोजनाको महत्वपूर्ण चरण मानिन्छ। 

आयोजना निर्माण सम्पन्न भएपछि थप विद्युत् उत्पादन राष्ट्रिय प्रणालीमा जोडिनेछ। यसले नेपालको जलविद्युत् उत्पादन क्षमता विस्तार गर्नुका साथै निजी क्षेत्रको ऊर्जा क्षेत्रमा भइरहेको लगानीलाई समेत थप बल पुग्ने अपेक्षा गरिएको छ।

माउन्टेन इनर्जीको

माउन्टेन इनर्जी नेपाल लिमिटेडले १२ मेगावाट क्षमताको मिस्त्री खोला–२ जलविद्युत् आयोजना र ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। जलविद्युत् आयोजना विकास तथा सञ्चालन गर्ने मुख्य उद्देश्य सहित कम्पनी ऐन, २०५३ अन्तर्गत स्थापना भएको माउन्टेन इनर्जीको दर्ता कार्यालय काठमाडौंको डिल्लीबजारमा रहेको छ। कम्पनी सुरुमा २०६४ सालमा बालुवाटार, काठमाडौंमा कार्यालय राखी प्राइभेट लिमिटेडका रूपमा स्थापना भएको थियो। पछि कम्पनी ऐन, २०६३ को दफा १३ को उपदफा (१) बमोजिम २०७१ जेठ ३ गते अर्थात् १९ अगस्ट २०१४ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो।

कम्पनीले यसअघि नुवाकोट जिल्लामा ५ मेगावाट क्षमताको तादी खोला जलविद्युत् आयोजना विकास गरेको थियो। उक्त आयोजना हाल सञ्चालनमा रहेको छ।

यसैगरी कम्पनीले म्याग्दी जिल्लामा ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। आयोजनाको प्रारम्भिक लागत ब्याजसहित (IDC) ५ अर्ब ६४ करोड २६ लाख रुपैयाँ अनुमान गरिएको थियो।

कम्पनीले हाल १२ मेगावाटको मिस्त्री खोला–२ र ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजना गरी कुल ५४ मेगावाट क्षमताका दुई आयोजना अघि बढाइरहेको छ। जलविद्युत् आयोजना विकासलाई मुख्य व्यवसाय बनाएको कम्पनीले सञ्चालनमा रहेको ५ मेगावाटको आयोजनासँगै नयाँ आयोजनाबाट उत्पादन क्षमता विस्तार गर्ने लक्ष्य राख्दै आएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया