Nepal Life

राष्ट्र बैंकले तिहारको अवसरमा कार्तिक १९ गतेदेखि असर्फी र सिक्का बिक्री गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Wed 20:03
राष्ट्र बैंकले तिहारको अवसरमा कार्तिक १९ गतेदेखि असर्फी र सिक्का बिक्री गर्ने
Shikhar detail

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा यहि कार्तिक १९ गतेदेखि २४ गतेसम्म सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ ।

NIMB

तिहारको अवसरमा राष्ट्र बैंकले एक जनालाई बढीमा एक/एक सेट असर्फी तथा चाँदी उपलब्ध गराउनेछ । एक सेट असर्फीमा १० ग्राम, ५ ग्राम र २.५ ग्रामका हुनेछन् । त्यस्तै चाँदीको सिक्काहरु गाई अंकित २५ ग्राम, गाई अंङ्कित १० ग्राम, लक्ष्मी अङ्कित १० ग्राम, गणेश अङ्कित १० ग्राम, गजलक्ष्मी अङ्कित १० ग्रामका सिक्का रहेका छन् ।

उक्त असर्फी र सिक्का खरिद गर्दा नगद वा क्युआर मार्फत भुक्तानी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले विहान ११ बजेदेखि ३ बजेसम्म बिक्री गर्ने व्यवस्था मिलाएको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया