Nepal Life

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मुनाफा साढे ९ प्रतिशतले बढ्यो, शेयर बजारमा साढे चार अर्ब लगानी

NMB Bank
  • BFIS News
  • 2023 Nov 02 06:56
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मुनाफा साढे ९ प्रतिशतले बढ्यो, शेयर बजारमा साढे चार अर्ब लगानी
National Life

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ९.३० प्रतिशतले मुनाफा बृद्धि गरेको छ । बैंकले असोज मसान्तसम्ममा ४१ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले ३७ करोड ८६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

Shikhar
NIMB

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१ करोड २४ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.९९ प्रतिशत बढेर ७० करोड १५ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ६.८४ प्रतिशत बढेर ७० करोड ६५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ९.२८ प्रतिशत बढेर ५९ करोड ११ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६५ पैसा बढेर ७ रुपैयाँ ६६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११२ रुपेयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.३६ गुणा रहेको छ।

२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ५९ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप १०८.१३ प्रतिशत बढेको छ भने कर्जा ६.३१ प्रतिशत बढेको छ।

बैंकले अजै पनि पुर्वाधारका क्षेत्रमा कर्जा विस्तार गर्न सकेको छैन । त्यसैले बैंक वित्तीय संस्थामा अझै तीन अर्ब ८१ करोड जम्मा गरेर राखेको छ । त्यस्तै विभिन्न कम्पनीको शेयरमा ४ अर्ब ५२ करोडको लगानी गरेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया