Siddartha Bank
Prabhu Mahalaxmi

१ लाख ८० हजारभन्दा बढी दर्शकसहित सकियो नाइमा मोबिलिटी एक्स्पो

Sanima Reliance
  • BFIS News
  • 2026 Aug 17 17:13
१ लाख ८० हजारभन्दा बढी दर्शकसहित सकियो नाइमा मोबिलिटी एक्स्पो
United Ajod

काठमाडौं, भदौ १ गते । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागितासहित सम्पन्न भएको छ।

 

Siddartha Bank
EBL
Nepal Life

साउन २६ गते औपचारिक उद्घाटन भएको एक्स्पोको समापन दिन ३० हजारभन्दा बढीले अवलोकन गरेका थिए। उद्घाटन दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार तथा पाँचौँ दिन ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए। नाइमाले ६ दिनमा डेढ लाख अवलोकनकर्ता आउने अपेक्षा गरेको थियो।

समापन कार्यक्रममा नाइमा अध्यक्ष रितु सिंह वैद्यले ५५ भन्दा बढी ब्रान्डको सहभागिता, एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता र ५३ वटा नयाँ उत्पादन सार्वजनिक हुनु एक्स्पोका प्रमुख उपलब्धि भएको बताइन्। उनले एक्स्पो नयाँ सवारीसाधन तथा प्रविधि प्रदर्शनसँगै ज्ञान र सिकाइको प्लेटफर्मसमेत बनेको उल्लेख गरिन्।

नाइमा बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले ठूलो संख्यामा मानिसको सहभागिता हुनु अटोमोबाइल उद्योगका लागि सुखद संकेत भएको बताए। अटो शो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अपेक्षाभन्दा बढी अवलोकनकर्ता, इन्क्वायरी र बुकिङ भएको जानकारी दिए।

त्यस्तै, नाइमाको स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले एक्स्पोलाई ‘सुपरहिट’ भएको बताए। नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले प्रदर्शनीसँगै सिकाइ सत्र, सहकार्य र मागकेन्द्रित व्यवस्थापनलाई प्राथमिकता दिइएको बताए।

समापनका दिन ‘Importing Talent, Exporting Workers: Bridging Nepal’s Education, Skills and Entrepreneurship Gap’ विषयमा नाइमा मोबिलिटी संवाद आयोजना गरिएको थियो। संवादमा प्रतिनिधिसभा सदस्य विदुषी राणा, नाइमा बोर्ड सदस्य एवं पद्मज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, पद्मकन्या क्याम्पसकी सहायक प्राध्यापक भगवती सेडाईं र थापाथली इन्जिनियरिङ क्याम्पसका सहायक प्राध्यापक लोचनकेन्द्र देवकोटा सहभागी थिए। संवादको सहजीकरण सञ्चारकर्मी सञ्जय सिलवाल गुप्ताले गरेका थिए।

एक्स्पो अवधिमा ‘AI and Automotive Technology: Driving the Future of Mobility’, ‘Technical: Battery Recycle and Ethanol Blending in Fuel’, ‘Mobilizing Mobility through Finance & Insurance’, ‘मोबिलिटी : हिजो आज र भोलि’ तथा ‘Investment and Foreign Direct Investment (FDI): Mobilizing-Fuel for Economic Growth’ लगायतका विषयमा छलफल तथा अन्तर्क्रिया भएका थिए।

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले एक्स्पोको दोस्रो संस्करण आयोजना गरिएको नाइमाले जनाएको छ। एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहेको थियो।

एक्स्पोमा ग्लोबल आइएमई बैंक को–स्पोन्सर, रेडबुल पावर्डबाई तथा एनएमबी बैंक र सिद्धार्थ बैंक बैंकिङ पार्टनरका रूपमा रहेका थिए। सगरमाथा लुम्बिनी इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स इन्स्योरेन्स पार्टनर रहेका थिए। एक्स्पोमा विभिन्न क्षेत्रका अन्य संस्थाहरूले पनि प्रविधि, शिक्षा, चार्जिङ, राइड, हस्पिटालिटी, मेडिकल, सुरक्षा, डिजिटल तथा व्यवस्थापन पार्टनरका रूपमा सहकार्य गरेका थिए।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार