NIMB Header 2
Nepal Life

माछापुच्छ्रे बैंकको डीसीईओमा कल्याणविक्रम पाण्डे नियुक्त

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 20 06:50
माछापुच्छ्रे बैंकको डीसीईओमा कल्याणविक्रम पाण्डे नियुक्त
United Ajod

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कल्याणविक्रम पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त गरेको छ। पाण्डेले साउन २९ गतेदेखि बैंकको डीसीईओका रूपमा कार्यभार सम्हालेका हुन्।

Nepal Life
NIMB

बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका पाण्डेले यसअघि ग्लोबल आइएमई बैंक, तत्कालीन जनता बैंक, लक्ष्मी बैंक तथा कुमारी बैंकमा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।

पाण्डेले बैंगलोर विश्वविद्यालयबाट फाइनान्समा एमबीए तथा अलिगढ मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा अनर्ससहित बीटेक गरेका छन्।

उनको विशेषज्ञताका क्षेत्रहरूमा कर्पोरेट तथा पूर्वाधार बैंकिङ, एसएमई तथा रिटेल बैंकिङ, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन, अनुपालन, ट्रेड फाइनान्स, ट्रान्जेक्सन बैंकिङ, मर्जर तथा एक्विजिसन, वित्तीय विश्लेषण, उत्पादन विकास तथा दिगो एवं हरित बैंकिङ रहेका छन्।

माछापुच्छ्रे बैंकले पाण्डेको लामो बैंकिङ अनुभव, व्यावसायिक दक्षता तथा परिणाममुखी नेतृत्वबाट बैंकको व्यवसाय विस्तार, सेवा प्रवाहमा सुधार तथा रणनीतिक उद्देश्य हासिल गर्न थप योगदान पुग्ने अपेक्षा गरेको जनाएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया