NIMB Header 2
Prabhu Mahalaxmi

अमेरिकाको ऋण पहिलोपटक ४० ट्रिलियन डलर नाघ्यो

United Ajod
  • आयुस बस्नेत
  • 2026 Aug 20 15:05
अमेरिकाको ऋण पहिलोपटक ४० ट्रिलियन डलर नाघ्यो
IME LIFE

काठमाडौं, भदौ ४ गते । अमेरिकाको कुल सरकारी ऋण इतिहासमै पहिलोपटक ४० ट्रिलियन डलर नाघेको छ। पछिल्लो केही वर्षमा अमेरिकी ऋण तीव्र गतिमा बढ्दै गएको छ।

 

Nepal Life
NIMB

सन् २०२० यता अमेरिकाको ऋण १७ ट्रिलियन डलरले बढेको छ भने सन् २००८ यता ३० ट्रिलियन डलरभन्दा बढी थपिएको छ। हाल अमेरिकी सरकारले ऋणको ब्याज भुक्तानीमा मात्रै दैनिक करिब ३.८ अर्ब डलर खर्च गरिरहेको छ। यसअनुसार प्रत्येक अमेरिकी नागरिकको हिस्सा करिब १ लाख १९ हजार ६९९ डलर बराबर पर्न आउँछ।

विश्वकै ठूलो अर्थतन्त्र अमेरिका लामो समयदेखि उच्च ऋणमा रहे पनि पछिल्लो समय ऋण बढ्ने गति र त्यसबाट सिर्जित ब्याज खर्चले बजेट तथा वित्तीय बजारका विज्ञहरूमा चिन्ता बढाएको छ। विशेषगरी अर्थतन्त्र राम्रो अवस्थामा रहँदासमेत सरकारी ऋण बढिरहनुलाई चुनौतीका रूपमा हेरिएको छ।

सीएनएनका अनुसार वित्तीय निगरानी संस्था पिटर जी. पिटरसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत माइकल पिटरसनले वर्तमान प्रवृत्ति कायम रहे अमेरिकाको ऋण आगामी ६ वर्षमै ५० ट्रिलियन डलर पुग्न सक्ने बताएका छन्। उनका अनुसार अमेरिकाले ऋण व्यवस्थापन गर्न नसके अर्थतन्त्र र देशको भविष्य जोखिममा पर्न सक्छ।

अमेरिकाको बढ्दो ऋणको प्रमुख कारणमध्ये जनसंख्याको वृद्धावस्था पनि एक हो। करिब १० हजार बेबी बुमर दैनिक अवकाशमा जाने गरेका छन्। सन् १९४६ देखि १९६४ सम्म जन्मिएको पुस्तालाई बेबी बुमर भनिन्छ।

जनसंख्या वृद्धिसँगै सरकारले सामाजिक सुरक्षा तथा मेडिकेयरमा गर्ने खर्च पनि बढिरहेको छ। यसले सरकारी बजेटमा थप दबाब सिर्जना गरेको छ।

अमेरिकाले हाल ऋणको ब्याज भुक्तानीमा दैनिक करिब ३.८ अर्ब डलर खर्च गरिरहेको छ। सन् २०२८ सम्ममा यो रकम बढेर दैनिक करिब ५ अर्ब डलर पुग्ने अनुमान गरिएको छ।

तुलनात्मक रूपमा अमेरिकाले हाल मेडिकेयरमा दैनिक करिब ३.१ अर्ब डलर र रक्षा क्षेत्रमा २.५ अर्ब डलर खर्च गर्छ। यसले सरकारी ऋणको ब्याज खर्च मेडिकेयर र रक्षा खर्चभन्दा समेत बढी हुन थालेको देखाउँछ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया