Nepal Life

भानु राई एमडिआरटी २०२४ का लागि योग्य, १४ वर्ष कतारमा काम गरेर फर्किएका राईको एतिहासिक सफलता

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Fri 05:44
भानु राई एमडिआरटी २०२४ का लागि योग्य, १४ वर्ष कतारमा काम गरेर फर्किएका राईको एतिहासिक सफलता
Sanima Reliance

काठमाडौं । मानिसको जीवनमा आरोह अवरोह आउछन् । जीवन सरल रेखामा अगाडी बढ्न सक्दैन । ताप्लेजुङका भानु राईको जीवनमा पनि यस्तै कठिन परिस्थिति आए । लाउ लाउ खाउ खाउ भन्ने युवा उमेरको पुर्वार्ध समय कतारको तातो घाममा १४ वर्ष विताउनु पर्यो ।

 

NIMB

हिमाली जिल्लाको ताप्लेजुङ्गको याम्फुदिन मा २०४२ सालमा जन्मिएका राईले २०६२ सालदेखि २०७६ सालसम्म १४ वर्ष कतारमा विताए । कति विदेशमा मात्रै काम गर्ने अव देशमै फर्किएर केहि गर्नु पर्छ भन्ने लाग्यो । उनि भन्छन् ‘गाउँ त फर्किए तर के गर्ने भन्ने अन्योलता छायो । यसरी गाउँमा एक वर्ष विताए पछि उनले झापाको विर्तामोडमा भान्सामा प्रयोग हुने सामानको व्यवसाय गर्ने योजना बनाए ।’ विर्तामोडमा व्यापार व्यवसाय सामान्य रुपमा चलिरहेकै थियो । यत्तीकैमा एक जनाले उनलाई जीवन बीमाको लागि प्रस्ताव गरे । उनले बीमा पोलिसीको बारेमा बुझ्दै जादा अभिकर्ता भएर काम गर्न सकिने रहेछ भन्ने थाहा पाए ।

अभिकर्ता पेशाको बारेमा बुझ्दै जादा यो पैसा कमाउनका लागि मात्रै नभइ आम मानिसलाई आर्थिक व्यवस्थापन सिकाउने महत्वपुर्ण साध्य हो भन्ने तथ्यलाई बुझ्ने मौका पाए । यस सँगै उनले २०७७ माघमा ताप्लेजुङ शाखाबाट बीमा अभिकर्ताको तालिम लिए । उनले तालिम लिएर लाइसेन्स हात पारेर विस्तारै बीमा गराउन सुरु गरे ।

एकातिर व्यवसाय अर्को तर्फ अभिकर्ता । दुबै काम गरिरहेका थिए । विश्वभर फैलिएको कोभिड १९ को प्रभाव नेपालमा पनि पर्न थाल्यो । व्यापार व्यवसाय ठप्पै भयो । लकडाउनका कारण घरमै बस्नु पर्ने बाध्यता  । तर राईले कोभिड १९ को महामारीको समयलाई सदुपयोग गर्न थाले ।

लकडाउन पछि व्यवसाय गर्नुको सट्टा उनि जीवन बीमा सम्बन्धी अनलाइन तालिममा सहभागी हुन थाले । अनलाइनबाटै उनले सम्पर्क बढाए । कोभिडको समयलाई सदुपयोग गर्न अभिकर्ता बनेका राई २०७८/७९ मा ताप्लेजुङ शाखाबाट एजेन्सी म्यानेजर बन्न सफल भए । उनको यो पहिलो उपलब्धीमा एमडिआरटी २०२४ मा छनोट भएर अर्को ठुलो इतिहास रचेका छन् ।

ताप्लेजुङ शाखा प्रमुख, बरिष्ठ एजेन्सि मेनेजर सन्देश कुमार राई र अनलाईनबाट बिक्रिकला सिकाउनु हुने गाेविन्द अधिकारी लगायतका सबैमा उनले विशेष आभार तथा धन्यवाद व्यक्त गरेका छन् । उनले यस वर्ष जसरी पनि एमडिआरटी बन्ने लक्ष्य राखेका थिए । अन्तत उनले सन् २०२४ का लागि एक महिना बाँकी छदै आफ्नो लक्ष्य पुरा गरेका हुन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया