Nepal Life

नविल बैंकको तीन महिनाको मुनाफा एक अर्ब ४६ करोड, आक्रामक बजार विस्तार सँगै खर्च र आम्दानी दुबै बढ्यो

National Life
  • BFIS News
  • 2023 Nov Fri 06:25
नविल बैंकको तीन महिनाको मुनाफा एक अर्ब ४६ करोड, आक्रामक बजार विस्तार सँगै खर्च र आम्दानी दुबै बढ्यो
RBB

काठमाडौं । नविल बैंककले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा एक अर्ब ४६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा बेंकले एक अर्ब ५७ करोड रुपैयाँ आर्जन गरेको थियो । यस वर्ष ६.५ प्रतिशतले मुनाफामा गिरावट देखिएको छ ।

NIMB

बैंकले मर्जर सँगै आक्रामक बजार विस्तारणको रणनीनि लिदा पर्सनल खर्च बढेको छ । खर्च बढ्दा यसको प्रत्यक्ष असर मुनाफामा देखिएको हो । बैंकको पर्सनल खर्च ६९ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा यस्तो खर्च एक अर्ब ३९ करोड रुपैयाँ रहेको छ । जवकी गत वर्षको यहि अवधिमा जम्मा ८२ करोड २२ लाख रुपैयाँ मात्रै थियो ।

मर्जर सँगै बैंकले यस वर्ष व्यापक रुपमा शाखा विस्तार गरेको छ । यसले गर्दा बैंकको खर्चमा व्यापक बृद्धि भएको हो । खर्च बढे सँगै खुद व्याज आम्दानीमा पनि सुधार देखिएको छ । समिक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी १३.५० प्रतिशतले बढेर ४ अर्ब १७ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा तीन अर्ब ६७ करोड थियो ।

बैंकले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ४ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २८ अर्ब ३९ करोड रुपैयाँ जम्मा भएको छ । बैंकको पूँजी भन्दा जगेडा कोष थप बलियो देखिएको छ । राम्रो बैंकको एउटा सूचक यो पनि हो ।

बैंकको प्रतिशेयर आम्दानी २१.३१ रुपैयाँ रहेको छ । पूँजीकोष अनुपात ११.६९ प्रतिशत रहेको छ भने खुद खराव कर्जा अनुपात १.५८ प्रतिशत पुगेको छ । कष्ट अफ फण्ड घटे पनि आधार व्याजदरमा समान्य बृद्धि देखिन्छ । स्प्रेडदर भने ३.९९ प्रतिशतमा सिमित गरेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया