Nepal Life

ग्लोबल आइएमई बैंकको मुनाफा एक अर्ब २२ करोड, खुद व्याज आम्दानी ४९ प्रतिशतले बढेर सर्वाधिक धेरै ४ अर्ब ८० करोड

National Life
  • BFIS News
  • 2023 Nov Fri 06:46
ग्लोबल आइएमई बैंकको मुनाफा एक अर्ब २२ करोड, खुद व्याज आम्दानी ४९ प्रतिशतले बढेर सर्वाधिक धेरै ४ अर्ब ८० करोड
RBB

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा एक अर्ब २२ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले गत वर्षको यहि अवधिमा एक अर्ब १८ करोड रुपैयाँ आर्जन गरेको थियो ।

NIMB

बैंकले पहिलो तीन महिनामै खुद व्याज आम्दानी ४९.९२ प्रतिशतले बढाएर ४ अर्ब ८० करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत वर्षको यहि अवधिमा यस्तो आर्जन तीन अर्ब २० करोड मात्रै थियो । बैंकको खुद सञ्चालन आम्दानी अझ ५ अर्ब ७० करोड रहेको छ ।

तर पछिल्लो समयको आर्थिक मन्दीको प्रभाव बैंकको कर्जामा देखिन थालेको छ । समिक्षा अवधिमा बैंकको खराव कर्जा ४.३८ प्रतिशत पुगेको छ । यसले गर्दा बैंकले समिक्षा अवधिमा मात्रै लोन लस प्रोभिजनिङ मात्रै एक अर्ब ७८ करोडको गर्नु परेको छ । त्यस्तै आक्रामक बजार विस्तार र मर्जर पछि बैंकको पर्सनल खर्च ५१ प्रतिशतले बढेर एक अर्ब ४२ करोड पुगेको छ ।

बैंकले खराव कर्जा सल्टाउने वित्तीकै मुनाफामा सर्वाधिक धेरै गर्नेछ । बैंकले यसै वर्षमा खराव कर्जालाई विस्तारै सल्टाउदै लैजाने रणनीति लिएको छ । तर आर्थिक अवस्था नै नाजुक देखिदै जादा यो बैंकको मात्रै नभइ राष्ट्र कै समस्या देखिएको छ ।

समिक्षा अवधिमा बैंकले ४ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ५७ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । चुक्ता पूँजी ३५ अर्ब ७७ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २१ अर्ब १० करोड रहेको छ । प्रतिशेयर आम्दानी १३ रुपैयाँ रहेको छ । आधार व्याजदर १०.०७ प्रतिशत छ भने स्प्रेडदर ४.३४ प्रतिशत छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया