NIMB Header 2
Nepal Life

रिसर्च इन्ष्टिच्युट अफ सर्भेयर इन इन्स्योरेन्सको अध्यक्षमा निरञ्जन खकुरेल निर्वाचित

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 23 18:56
रिसर्च इन्ष्टिच्युट अफ सर्भेयर इन इन्स्योरेन्सको अध्यक्षमा निरञ्जन खकुरेल निर्वाचित
United Ajod

काठमाडौं । रिसर्च इन्ष्टिच्युट अफ सर्भेयर इन इन्स्योरेन्स (RISI) को प्रथम वार्षिक साधारणसभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले निरञ्जन खकुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

Nepal Life
NIMB

नयाँ कार्यसमितिको सदस्यमा अनुज पुरुष ढकाल, विनोदबहादुर पाल, तुलसी दाहाल र अमरचन्द्र निरौला चयन भएका छन्। समितिको संरक्षकमा सर्भेयर एसोसिएसनका अध्यक्ष ऋषिराम कोइराला रहेका छन्।

नव निर्वाचित अध्यक्ष खकुरेलले नेपालको बीमा क्षेत्रमा, विशेषगरी सर्भेयरसम्बन्धी अनुसन्धान र व्यावसायिक विकासमा देखिएको रिक्तता पूर्ति गर्ने उद्देश्यले स्थापना गरिएको यस संस्थाले अनुसन्धानमा केन्द्रित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। संस्थाले नियमित रूपमा रिसर्च जर्नल प्रकाशन गर्ने तथा बीमक र नेपाल बीमा प्राधिकरणसँगको सहकार्यमा बीमा उद्योगका आवश्यक विषयमा अनुसन्धान गर्ने उद्देश्य राखेको छ।

संस्था स्थापनाका लागि गठित तदर्थ समितिको अध्यक्षमा मोहन पुरुष ढकाल तथा सदस्यमा निरञ्जन खकुरेल, नवीन भट्ट, भानु कर्णेल र पवित्र विक्रम राणा रहेका थिए। उक्त समितिलाई एक वर्षभित्र संस्था दर्ता गरी प्रथम अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो। सोहीअनुसार संस्था गत पुसमा दर्ता भएपछि तदर्थ समितिले पहिलो वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको हो।

अधिवेशन तथा प्रथम वार्षिक साधारणसभामा नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र बैद्धवार, नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष फत्तबहादुर केसी, प्राधिकरणका निर्देशक साम्बराज लामिछाने, सर्भेयर एसोसिएसनका अध्यक्ष ऋषिराम कोइरालालगायत बीमा क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रममा निर्माका उपाध्यक्ष उदय अधिकारीलगायतको पनि सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले नेपालको बीमा क्षेत्रमा अनुसन्धानको ठूलो खाडल रहेको उल्लेख गर्दै त्यसलाई पूर्ति गर्न RISI ले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे। उनीहरूले सर्भेयरको व्यावसायिक क्षमता अभिवृद्धि, बीमा क्षेत्रका समस्या पहिचान तथा नीतिगत सुधारका लागि तथ्यमा आधारित अनुसन्धान आवश्यक रहेको बताएका थिए।

संस्थाले अनुसन्धान, प्रकाशन र सरोकारवाला निकायसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै अघि बढ्ने जनाएको छ। यसबाट सर्भेयर क्षेत्रमा आवश्यक ज्ञान, तथ्य र अनुसन्धानमा आधारित अभ्यास विकास हुनुका साथै समग्र बीमा क्षेत्रको व्यावसायिक तथा संस्थागत क्षमता अभिवृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस् 

बीमा क्षेत्रमा अनुसन्धानको दायरा फराकिलो बनाउँदै 'रिसर्च इन्ष्टिच्युट अफ सर्भेयर इन इन्स्योरेन्स'

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया