NIMB Header 2
Nepal Life

प्रभु महालक्ष्मी लाइफको क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 23 21:16
प्रभु महालक्ष्मी लाइफको क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न
United Ajod

काठमाडौं।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गर्दै ‘चेयरम्यान क्लब’ तथा ‘सीईओ क्लब एचिभर्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ।

Nepal Life
NIMB

पर्यटकीय सहर पोखरामा भदौ ४ देखि ७ गतेसम्म चार दिन सञ्चालन भएको कार्यक्रममा ज्ञान, सम्मान, मनोरञ्जन तथा उत्सवलाई समेटिएको कम्पनीले जनाएको छ।

कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक समिति अध्यक्ष सम्झना अर्यालले गरेकी थिइन्। कार्यक्रममा अर्यालले अभिकर्ता पेशालाई मर्यादित र सम्मानित पेशाका रूपमा अंगाल्दै उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई गरिएको सम्मानले थप हौसला प्रदान गर्ने बताइन्। आगामी दिनमा पनि उच्च मनोबलका साथ व्यवसाय अघि बढाउन कम्पनीका तर्फबाट आवश्यक साथ र सहयोग रहने उनले प्रतिबद्धता व्यक्त गरिन्।

त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले लगनशीलता र निरन्तरताबाट प्राप्त सफलता नै वास्तविक सफलता भएको बताए। अभिकर्ताको सफलतालाई उत्सवका रूपमा सम्मान गर्न पाउनु कम्पनीका लागि गर्वको विषय भएको उनको भनाइ थियो।

प्रसाईंले टिमवर्कबाट नै सफलता सम्भव हुने भन्दै सामूहिक रूपमा अघि बढ्दा आगामी वर्ष अझ ठूला उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरे।

कार्यक्रममा आचार्य राजा बाबु साहले ‘पावर अफ माइन्डसेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए। प्रशिक्षणले अभिकर्ताको व्यावसायिक क्षमता अभिवृद्धि तथा व्यवसायप्रतिको सकारात्मक सोच विकासमा सहयोग पुगेको कम्पनीले जनाएको छ।

देशभरबाट कम्पनीका सञ्चालक समिति सदस्य, व्यवस्थापक तथा अभिकर्तासहित करिब २०० जनाको कार्यक्रममा सहभागिता रहेको थियो। कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई कम्पनीको उच्च तहको ‘चेयरम्यान क्लब’ तथा दोस्रो उच्च तहको ‘सीईओ क्लब’ अवार्ड प्रदान गर्दै विशेष सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाली चलचित्रका अभिनेता, मोडल तथा निर्माता प्रदीप खड्काको समेत विशेष उपस्थिति रहेको थियो। खड्काले आफ्नो संघर्ष र सफलताको जीवनकथा प्रस्तुत गर्दै सहभागीलाई प्रेरित गरेका थिए।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताको क्षमता विकास, उत्प्रेरणा, मनोरञ्जन तथा सम्मानका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया