NIMB Header 2
Nepal Life

सन नेपाल लाइफद्वारा मधेश प्रदेशका एडिएम तथा इमर्जिङ सन क्लबमा पर्न सफल अभिकर्तालाई सम्मान

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 23 21:22
सन नेपाल लाइफद्वारा मधेश प्रदेशका एडिएम तथा इमर्जिङ सन क्लबमा पर्न सफल अभिकर्तालाई सम्मान
United Ajod

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशअन्तर्गतका Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्ताहरूलाई सम्मान तथा अवार्ड प्रदान गरेको छ।

Nepal Life
NIMB

बर्दिबासस्थित बर्दिबास रिसोर्टमा शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाका ADM, उत्कृष्ट अभिकर्ता, Regional Manager तथा शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।

कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा मधेश प्रदेश प्रमुख नवराज चौधरीको पनि आतिथ्यता रहेको थियो। विभिन्न शाखाका अभिकर्ता तथा Regional Manager प्रमोद साह, उपेन्द्र नारायण महतो लगायत शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता थियो।

कार्यक्रममा मधेश प्रदेश प्रमुख नवराज चौधरीले कम्पनीको Sales Policy 2083/84 तथा आगामी कार्यक्रमबारे जानकारी गराउँदै अभिकर्ताहरूलाई कम्पनीका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसाय विस्तारमा थप सक्रिय हुन आग्रह गरे।

प्रमुख बजार अधिकृत गणेश चौलागाईंले अभिकर्ताको हकहित, सेवा–सुविधा तथा व्यवसायिक विकासलाई प्राथमिकतामा राखेर कम्पनीले विभिन्न नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्दै आएको बताए। अभिकर्ताको व्यवसायिक यात्रालाई सहज बनाउन कम्पनी सहकार्य र सहजीकरणका लागि तयार रहेको भन्दै उनले आगामी दिनमा पनि अभिकर्तामुखी कार्यक्रम तथा प्रोत्साहनका योजनालाई निरन्तरता दिने बताए।

प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सन नेपाल लाइफले मधेश प्रदेशमा छुट्टै पहिचान र सकारात्मक व्यवसायिक छवि निर्माण गर्न सफल भएको बताए। कम्पनीको सफलतामा मधेश प्रदेशका अभिकर्ता, ADM तथा शाखा टोलीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले उनीहरूको मेहनत, लगनशीलता र निरन्तर प्रयासका लागि धन्यवाद व्यक्त गरे।

उनले आगामी दिनमा मधेश प्रदेशमा बीमाको पहुँच विस्तार गर्दै अभिकर्ता तथा एजेन्सी सञ्जाललाई थप सशक्त बनाउने बताए। उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई निरन्तर प्रोत्साहन तथा सम्मान प्रदान गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने ADM तथा Emerging Sun Club का योग्य अभिकर्तालाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो। सम्मानले अभिकर्तामा थप उत्साह र ऊर्जा बढाउनुका साथै आगामी दिनमा उत्कृष्ट व्यवसायिक उपलब्धि हासिल गर्न प्रेरणा दिएको सहभागीहरूले बताए।

कार्यक्रमले अभिकर्ता उत्प्रेरणा, नेतृत्व विकास, व्यवसायिक क्षमता अभिवृद्धि तथा कम्पनी र अभिकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउन योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

सन नेपाल लाइफ इन्स्योरेन्सले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा र बीमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। कम्पनीले बीमाको पहुँच विस्तार, अभिकर्ता सञ्जाल विकास, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यवसायिक वृद्धिलाई प्राथमिकतामा राख्दै आएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया