Nepal Life

माछापुच्छ्रे बैंकको मुनाफा २०.१८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १८.६६ रुपैयाँ

National Life
  • BFIS News
  • 2023 Nov Fri 07:59
माछापुच्छ्रे बैंकको मुनाफा २०.१८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी १८.६६ रुपैयाँ
RBB

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २०.१८ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । बैंकले असोस मसान्तसम्ममा ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिसम्ममा बैंकले ४५ करोड ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

NIMB

खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटाएका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९५ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ४.४० प्रतिशत घटेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ४.७४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २१.६५ प्रतिशत बढेको छ । बैंकले इम्पेरमेन्ट चार्ज घटाएर १ करोड २२ लाखमा झरेसँगै सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ करोड ८५ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ९८ पैसा रहेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ १३ पैसा बढेर १८ रुपैयाँ ६६ पैसा पुगेको छ । असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.०९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ७७ पैसा रहेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट १३.३० प्रतिशत बोनस शेयर वितरण गरी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९७ करोड रुपैयाँ सञ्चित छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.४५ प्रतिशत घटेको छ भने कर्जा ३.४४ प्रतिशत बढेको छ । यस अवधिमा एक खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३० अर्ब कर्जा लगानी गरेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया