Nepal Life

नेपाल एसबिबइ बैंकको मुनाफा २३ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी १९ रुपैयाँ

NMB Bank
  • BFIS News
  • 2023 Nov 03 08:38
नेपाल एसबिबइ बैंकको मुनाफा २३ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी १९ रुपैयाँ
National Life

काठमाडौं । नेपाल एसबिआइ बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ४७ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको यहि अवधिमा ६२ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको थियो । खुद ब्याज आम्दानी सामान्य बढेपनि निष्क्रिय कर्जा बढेसँगै इम्पेरमेन्ट चार्ज बढेपछि बैंकको खुद मुनाफा २३.६२ प्रतिशतले घटेको हो ।

Shikhar
NIMB

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.४६ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १.०६ प्रतिशत बढेको छ। बैंकको निष्क्रिय कर्जा ०.३६ प्रतिशतबाट बढेर २.३५ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज २९ करोड ६८ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा २३.८४ प्रतिशत घटेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९४ करोड ६४ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ८ रुपैयाँ ७ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ८६ पैसा घटेर १८ रुपैयाँ ९४ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ ६९ पैसा रहेको छ।

१० अर्ब १२ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब ३६ करोड ८५ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप ६.५४ प्रतिशत बढेको छ भने कर्जा २.११ प्रतिशत बढेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया