सन नेपाल लाइफद्वारा घाइते थारुलाई ७० हजार उपचार खर्च प्रदान
- BFIS News
- 2026 Aug 27 20:27
गुल्मी, ११ भदौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुल्मी शाखाले बिमित दिपेन्द्र थारुलाई ‘सन मेडीकेयर’ सुविधा अन्तर्गत उपचार खर्चबापत ७० हजार रुपैयाँ प्रदान गरेको छ।
इस्मा गाउँपालिका–२, छल्दीमा आयोजित कार्यक्रममा कम्पनीले कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका थारुलाई उपचार खर्चबापतको दाबी रकम हस्तान्तरण गरेको हो।
रुपन्देही निवासी थारु रोजगारीका क्रममा लामो समयदेखि गुल्मीमा अस्थायी रूपमा बस्दै आएका छन्। कार्यस्थलमा काम गर्ने क्रममा अचानक काठ खुट्टामा बजारिँदा उनको खुट्टाको हड्डी भाँचिएको थियो। त्यसपछि अस्पताल भर्ना भएका उनी चार दिनसम्म उपचार तथा शल्यक्रिया गराएका थिए।
कम्पनीको नियमानुसार ‘आपतमा राहत’ सुविधाअन्तर्गत थारुलाई उपचार खर्चबापत ७० हजार रुपैयाँको दाबी रकम प्रदान गरिएको शाखा प्रमुख नवीन अर्यालले बताए।
अर्यालका अनुसार सन नेपाल लाइफको ‘आपतमा राहत’ सुविधामा न्यूनतम वार्षिक १ हजार ३९३ रुपैयाँमा विभिन्न आकस्मिक स्वास्थ्य समस्याका लागि वार्षिक १ लाख रुपैयाँसम्मको उपचार सुविधा प्राप्त गर्न सकिने व्यवस्था छ। यसअन्तर्गत सडक, घर तथा कार्यस्थलमा हुने दुर्घटनासहित एपेन्डिसाइटिस, प्यान्क्रियाटाइटिस, हृदयाघात, मस्तिष्कघात, विद्युतीय तथा अन्य जलन, डुबान, खाद्य विषाक्तता वा विषादीबाट हुने संक्रमणलगायत १५ प्रकारका स्वास्थ्य समस्यामा उपचार सुविधा उपलब्ध हुने उनले बताए।
बीमा आकस्मिक अवस्थामा आर्थिक सहारा बन्ने भएकाले प्रत्येक नागरिकमा बीमासम्बन्धी चेतना विस्तार गर्न आवश्यक रहेको अर्यालले बताए। बीमामा आबद्ध हुँदा दुर्घटना तथा भवितव्यका समयमा उपचार खर्चको आर्थिक भार कम हुने र त्यसले व्यक्ति तथा राज्य दुवैमाथिको आर्थिक दबाब घटाउन सहयोग पुग्ने उनको भनाइ छ।
दाबी रकम इस्मा गाउँपालिका–२ को वडा कार्यालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको थियो। कार्यक्रममा वडा अध्यक्ष लोकनाथ आचार्यले सन नेपाल लाइफले प्रदान गर्दै आएको सेवा तथा सुविधाको प्रशंसा गरे।
सामान्य दुर्घटना वा स्वास्थ्य समस्या पर्दासमेत बीमामार्फत उपचार खर्चमा राहत प्राप्त हुनु सकारात्मक रहेको आचार्यले बताए। नागरिक बीमामा आबद्ध हुँदा विपद् तथा आकस्मिक अवस्थाका समयमा ठूलो आर्थिक राहत मिल्ने उल्लेख गर्दै उनले स्थानीयवासीलाई बीमामा आबद्ध हुन आग्रह गरे।
कार्यक्रममा जनप्रतिनिधि, वडा कर्मचारी, स्थानीयवासी, सन नेपाल लाइफका अभिकर्ता, एजेन्सी म्यानेजर तथा कर्मचारीको सहभागिता रहेको गुल्मी शाखाका सीईई सरोज सिंह सनारीले जानकारी दिए।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया