NIMB Header 2
Prabhu Mahalaxmi

विपद् उद्धार कोषमा सेफ हेभन इन्भेस्टमेन्टको एक लाख एक हजार सहयोग

United Ajod
  • BFIS News
  • 2026 Aug 28 14:36
विपद् उद्धार कोषमा सेफ हेभन इन्भेस्टमेन्टको एक लाख एक हजार सहयोग
IME LIFE

काठमाडौं । राष्ट्रिय विपद्को दुःखद् घडीमा सेफ हेभन इन्भेस्टमेन्ट कम्पनी प्रा.लि.ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख १ हजार १११ सहयोग गरेको छ।

Nepal Life
NIMB

कम्पनीले विपद् प्रभावितको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको हो। पछिल्लो समय प्राकृतिक विपद्का कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेका बेला निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबाट राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम जारी छ।

कम्पनीका अध्यक्ष जय फूयाल (भुवन) ले विपद्को सामना गर्न सरकार, संघसंस्था तथा नागरिक सबै एकजुट हुनुपर्ने बताएका छन्। उनले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न समेत आग्रह गरेका छन्।

विपद्को समयमा राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारी कोषमा निजी क्षेत्र तथा सर्वसाधारणबाट प्राप्त हुने सहयोगले प्रभावित परिवारसम्म राहत पुर्‍याउन योगदान गर्ने अपेक्षा गरिएको छ। भोटेकोशीमा आएको भिषण बाढीका कारण पुर्याएको क्षतिका लागि राहत तथा सहयोग संकलन गर्ने काम भइरहेको छ। 

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया