NIMB Header 2
Nepal Life

बाढीपीडितको राहत तथा पुनर्निर्माणका लागि सानिमा रिलायन्सको ७२ लाख सहयोग प्रतिबद्धता

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 29 15:42
बाढीपीडितको राहत तथा पुनर्निर्माणका लागि सानिमा रिलायन्सको ७२ लाख सहयोग प्रतिबद्धता
United Ajod

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले रसुवा लगायत देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Nepal Life
NIMB

कम्पनीले बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकारको राहत तथा पुनर्निर्माण अभियानमा ऐक्यबद्धता जनाएको जनाएको छ।

कम्पनीका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कम्पनीका तर्फबाट ५१ लाख रुपैयाँ तथा कम्पनीका सञ्चालक र कर्मचारीहरूको तर्फबाट थप २१ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता गरिएको हो। यससँगै कम्पनीको कुल सहयोग रकम ७२ लाख रुपैयाँ पुगेको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स परिवारले बाढी तथा विपद्मा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, कम्पनीले घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको जनाएको छ।

देश विभिन्न प्राकृतिक विपद्को चुनौती सामना गरिरहेको अवस्थामा प्रभावित नागरिकको राहत, उद्धार र पुनर्निर्माणका लागि सरकारी तथा निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कम्पनीले विपद्को घडीमा प्रभावित समुदायसँग निरन्तर साथ रहने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया