NIMB Header 2
Nepal Life

बाढीपीडित राहत कोषमा सहयोग गरेको भन्दै नक्कली भौचर पोस्ट गर्ने व्यक्ति पक्राउ

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 30 11:48
बाढीपीडित राहत कोषमा सहयोग गरेको भन्दै नक्कली भौचर पोस्ट गर्ने व्यक्ति पक्राउ
United Ajod

रामेछाप । बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको भन्दै सामाजिक सञ्जालमा नक्कली भौचर पोस्ट गरी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

Nepal Life
NIMB

रामेछाप प्रहरीले गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान कार्कीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार कार्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै सामाजिक सञ्जालमा रकम जम्मा गरेको भौचर सार्वजनिक गरेका थिए।

तर प्रहरीले अनुसन्धानका क्रममा उक्त भौचर वास्तविक नभई कृत्रिम रूपमा तयार पारिएको नक्कली स्टेटमेन्ट रहेको पत्ता लगाएको जनाएको छ। प्रहरी निरीक्षक राउतका अनुसार कार्कीले च्याटजिपिटीको प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार पारेको अनुसन्धानबाट खुलेको हो।

प्रहरीका अनुसार कार्कीले राहत कोषमा सहयोग गरेको दाबी गर्दै सामाजिक सञ्जालमा आफ्नो क्युआर कोडसमेत पोस्ट गरेका थिए। उक्त क्युआर कोडमार्फत सर्वसाधारणबाट रकम संकलन गरी ठगी गरेको आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

प्राकृतिक विपद्का पीडितका नाममा सहयोग गरेको झुटो विवरण सार्वजनिक गरी सर्वसाधारणलाई भ्रममा पार्ने तथा व्यक्तिगत क्युआर कोडमार्फत रकम संकलन गरेको आरोपमा पक्राउ परेका कार्कीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया