Nepal Life

व्याज खर्च बढ्दा राष्ट्रिय बाणिज्य बैंकको मुनाफा ३१ प्रतिशतले घट्यो, खराव कर्जा बढ्न थाल्यो

National Life
  • BFIS News
  • 2023 Nov Fri 11:14
व्याज खर्च बढ्दा राष्ट्रिय बाणिज्य बैंकको मुनाफा ३१ प्रतिशतले घट्यो, खराव कर्जा बढ्न थाल्यो
RBB

काठमाडौं । व्याज खर्च बढ्दा राष्ट्रिय बाणिज्य बैंकको मुनाफा ३१ प्रतिशतले घटेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ८५ करोड ९८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । जवकी गत वर्षको यहि अवधिमा एक अर्ब २४ करोड थियो ।

 

NIMB

व्याज खर्च २१ प्रतिशतले बढ्दा खुद व्याज आम्दानी २० प्रतिशतले घटेको छ । बैंकले समिक्षा अवधिमा २ अर्ब ५२ करोड खुद व्याज आम्दानी गरेको छ । जवकी गत वर्षको यहि अवधिमा तीन अर्ब १८ करोड थियो । यस त्रैमाशमा व्याज खर्च ५ अर्ब ७ करोड रहेको छ । जवकी गत वर्षको यहि अवधिमा ४ अर्ब १६ करोड थियो ।

बैंकले ३ खर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ३७ करोड कर्जा लगानी गरेको छ । चुक्ता पूँजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३८ अर्ब २० करोड जम्मा भइसकेको छ । मुनाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि २१ रुपैयाँमा झरेको छ । पूँजीकोष अनुपात १२.८५ प्रतिशत रहेको बैंकको खराव कर्जा ३.६२ प्रतिशत पुगेको छ । पुराना बिग्रिएको कर्जा सकारिसकेको बैंकले पछिल्लो समयको आर्थिक मन्दीको सामाना गर्नु परेको छ । सोही क्रममा खराव कर्जा बढ्न पुगेको हो ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया