Nepal Life

बाणिज्य बैंकको मुनाफा १७ प्रतिशतले घट्यो, खराव कर्जालाई प्रोजनिङ गर्दा तीन महिनाको मुनाफा साढे १२ अर्बमा सिमित

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Fri 11:51
बाणिज्य बैंकको मुनाफा १७ प्रतिशतले घट्यो, खराव कर्जालाई प्रोजनिङ गर्दा तीन महिनाको मुनाफा साढे १२ अर्बमा सिमित
Sanima Reliance

काठमाडौं । बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा खराव कर्जाको सामना गर्नु पर्दा खुद मुनाफा १७.५९ प्रतिशतले गुमाउनु परेको छ । बैंकहरुले चालु आर्थिक वर्षको तीन महिनामा १२ अर्ब ६१ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा बैंकहरुले १५ अर्ब ३० करोड मुनाफा आर्जन गरेका थिए ।

NIMB

 

यस तथ्याङ्कमा मर्जरमा गएका बैंकहरुको गत वर्षको तथ्याङ्क जोडिएको छैन । यदि जोड्ने हो भने तथ्याङ्क अझ धेरै खराव देखिनेछ । यस वर्ष बैंकहरुको धेरै कर्जाहरु विग्रिएका छन् । कर्जा विग्रिने वित्तीकै बैंकहरुले प्रोभिजनिङ गर्नु पर्छ । यसले गर्दापनि मुनाफा घटेको हो । यदि बैंकहरुको खुद व्याज आम्दानीको बृद्धिदर हेर्ने हो भने औषतमा बढेकै देखिनेछ ।

समिक्षा अवधिमा ११ वटा बाणिज्य बैंकको मुनाफा घटेको छ भने जम्मा  ८ वटाको मात्रै बढेको छ । सर्वाधिक धेरै मुनाफा बढाउनेमा हिमालयन बैंक देखिए पनि रकमका हिसावले यस वर्ष नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले नयाँ रेकर्ड बनाएकको छ । धेरै समय पछि नेपाल इन्भेष्टमेन्ट बैंकले सर्वाधिक धेरै मुनाफा आर्जन गरेर पहिलो नम्बरमा देखिएको छ । बैंकले पहिलो त्रैमाशिक अवधिमै एक अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेको छ । यस वर्ष बैंकले ३३.४७ प्रतिशतले मुनाफा बढाउन सफल देखिएको हो ।

त्यसपछि दोस्रो धेरै मुनाफा आर्जन गर्नेमा नविल बैंक रहेको छ । नविल बैंकले समिक्षा अवधिमा एक अर्ब ४६ करोड मुनाफा आर्जन गरेको छ । गएको वर्ष बैंकले एक अर्ब ५७ करोड आर्जन गरेको थियो । त्यस्तै तेस्रो धेरै मुनाफा आर्जन गर्नेमा ग्लोबल आइएमई परेको छ । ग्लोबल आइएमईले एक अर्ब २२ करोड आर्जन गरेको छ । यस वर्ष नविल र ग्लोबल आइएमई सञ्चालन खर्चको चपेटामा परेका छन् । मर्जर सँगै बढ्दो कर्मचारी संख्या र शाखा विस्तारका क्रममा भएको खर्चले मुनाफमा प्रत्यक्ष असर पुर्याएको हो ।

यस वर्ष प्राइमले पनि उल्लेख्य सुधार गर्दै चौथो धेरै मुनाफा आर्जन गर्ने बैंक बनेको छ । यस वर्ष कृषि विकास बैंक ८८ करोड ८० लाख रुपैयाँले नोक्सानमा देखिएको छ । सिद्धार्थ पनि एकदमै कम मुनाफा गर्नेमा पर्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया