NIMB Header 2
Nepal Life

भोटेकोशी बाढीपीडितका लागि माछापुच्छ्रे बैंकद्वारा २ करोड १ लाख सहयोग

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Sep 01 12:49
भोटेकोशी बाढीपीडितका लागि माछापुच्छ्रे बैंकद्वारा २ करोड १ लाख सहयोग
United Ajod

काठमाडौं। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न कम्पनी तथा बैंकहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेका छन्।

Nepal Life
NIMB

हालै एक कम्पनीले विपद्पीडित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि ५१ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ। विपद्का कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित समुदायको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध गराइएको जनाएको छ।

यसैगरी, माछापुच्छ्रे बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

बैंकका अध्यक्ष रोशन केसीले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। विपद्का कारण घर, सम्पत्ति तथा जीविकोपार्जनका स्रोत गुमाएका नागरिकहरूको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।

विपद् लगत्तै बैंकले प्रभावित क्षेत्रमा खाद्यान्न, कम्बल, ओढ्ने–ओछ्याउने सामग्रीलगायत अत्यावश्यक राहत सामग्रीसमेत उपलब्ध गराइसकेको जनाएको छ। प्राकृतिक विपद् तथा अन्य आपत्कालीन परिस्थितिबाट प्रभावित समुदायलाई आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

त्यस्तै, विभिन्न कम्पनीहरूले सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताअनुसार कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिन तथा राहत एवं पुनःस्थापना कार्यलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत आर्थिक सहयोग प्रदान गरिएको बताएका छन्।

कम्पनीहरूले बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना तथा सामान्य जनजीवन पुनर्बहालीका लागि सरकारी र सरोकारवाला निकायबाट भइरहेका प्रयास सफल हुने विश्वास व्यक्त गरेका छन्।

विगतदेखि नै विभिन्न सामाजिक, मानवीय तथा विपद् व्यवस्थापनसम्बन्धी गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको उल्लेख गर्दै सहयोगी संस्थाहरूले आगामी दिनमा पनि देश र समाजलाई आवश्यक परेको अवस्थामा सामाजिक दायित्वप्रति प्रतिबद्ध रहँदै यस्ता मानवीय तथा राहतमुखी कार्यमा निरन्तर सहयोग पुर्‍याउने बताएका छन्।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया