Nepal Life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गर्यो सर्वाधिक धेरै मुनाफा, मर्जर पछिको सिनर्जीले हरेक सूचकमा अब्बल बन्दै

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Fri 12:26
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गर्यो सर्वाधिक धेरै मुनाफा, मर्जर पछिको सिनर्जीले हरेक सूचकमा अब्बल बन्दै
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सर्वाधिक धेरै मुनाफा आर्जन गर्दै बाणिज्य बैंकहरु मध्ये सबैभन्दा अगाडी देखिएको छ । बैंकको यो उपलब्धी करिव ४/५ वर्ष पछिकै सबैभन्दा ठुलो हो । कुनै समयमा नविल बैंक सँग टक्कर गर्दै केहि पहिलो त कहिले दोस्रो नम्बरमा प्रतिस्पर्धा गर्ने नेपाल इन्भेष्टमेन्ट बैंक केहि कर्जामा देखिएको समस्याले गर्दा लामो समय खुम्चिएर बस्नु पर्यो ।

NIMB

बैंकले गत वर्ष मेगा बैंकलाई गाभेर चुक्ता पूँजी सँगै हरेक सूचकमा आफुलाई अब्बल बनाएको छ । यसैक्रममा आक्रामक बैंकिङ गर्दै आएका नविल तथा एनआइसी एशिया र ग्लोबल आइएमई बैंकलाई पनि पछि पार्दै बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ३३.४७ प्रतिशतले मुनाफा बढाउन सफल भएको हो । बैंकले तीन महिनाको अवधिमा एक अर्ब ५२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ९५ प्रतिशतले बढेर ४ अर्ब १६ करोड आर्जन भएको छ । यस सँगै बैंकको पर्सनल खर्च पनि उत्तीकै बढेको छ । यस्तो खर्च पनि ९५ प्रतिशतले बढेर ९६ करोड १४ लाख पुगेको छ ।

बैंकको आम्दानी पक्ष सबैभन्दा राम्रो भएकै कारणले यस वर्ष मुनाफा टिकाए पनि खराव कर्जा भने अलि डर लाग्दो अवस्थामै छ । खराव कर्जा ४.८३ प्रतिशत रहेको छ । समग्र अर्थतन्त्र नै गम्भिर अवस्थामा रहेकाले पनि बैंकहरु अहिले खराव कर्जाको सामाना गर्न बाध्य छन् ।

बैंकले समिक्षा अवधिमा ३ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ४ अर्ब कर्जा लगानी गरेको छ । चुक्ता पूँजी ३४ अर्ब १२ करोड रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ८९ करोड रहेको छ । मुनाफामा बृद्धि भए सँगै बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट पछि दोस्रो धेरै मुनाफा आर्जन गर्नेमा नविल बैंक रहेको छ । नविल बैंकले एक अर्ब ४६ करोड र तेस्रो स्थानमा रहेको ग्लोबल आइएमईले एक अर्ब २२ करोड आर्जन गरेको छ । 

यो पनि पढ्नुहोस् 

बाणिज्य बैंकको मुनाफा १७ प्रतिशतले घट्यो, खराव कर्जालाई प्रोजनिङ गर्दा तीन महिनाको मुनाफा साढे १२ अर्बमा सिमित

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया