Nepal Life

जीवन बीमा व्यवसाय १४ प्रतिशतले बढ्यो, पहिलो त्रैमाशमै ४० अर्ब ८० करोड संकलन हुँदा कसको कति ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Fri 14:29
जीवन बीमा व्यवसाय १४ प्रतिशतले बढ्यो, पहिलो त्रैमाशमै ४० अर्ब ८० करोड संकलन हुँदा कसको कति ?
Sanima Reliance

काठमाडौं । चरम आर्थिक मन्दीको समयमा पनि जीवन बीमा व्यवसाय १४ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा जीवन बीमा कम्पनीहरुले कुल ४० अर्ब ८० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

NIMB

गत वर्षको यहि अवधिमा कम्पनीहरुले ३५ अर्ब ७७ करोड रुपैयाँ आर्जन गरेका छन् । त्यस्तै नविकरण बीमा शुल्क आर्जन १८.८३ प्रतिशतले बढेको छ । कम्पनीहरुले नविकरण बीमा शुल्क मात्रै ३४ अर्ब ८ करवड संकलन गरेका हुन् । प्रथम बीमा शुल्क आर्जन भने ५.२५ प्रतिशतले घटेको छ । कम्पनीहरुले तीन महिनाको अवधिमा ६ अर्ब ७२ करोड रुपैयाँको नयाँ व्यवसाय भित्र्याएका छन् । तुलनात्मक रुपमा घटेको देखिए पनि अहिलेको चरम आर्थिक मन्दीको अवस्थामा पनि कम्पनीहरुले यति ठुलो बीमा शुल्क आर्जन गर्नुले अर्थतन्त्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।

तीन महिनाको अवधिमा सर्वाधिक धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० अर्ब ९५ करोड आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १० अर्ब ४ करोड थियो । दोस्रो नम्बरमा एलआइसी नेपालले ४ अर्ब ५० करोड आर्जन गर्दा तेस्रो नम्बरमा रहेको हिमालयन लाइफले ४ अर्ब ३८ करोड आर्जन गरेको छ भने तेस्रो नम्बरमा रहेको नेशनल लाइफले ४ अर्ब १९ करोड आर्जन गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया