NIMB Header 2
Prabhu Mahalaxmi

हिमालयन ८०–२० ले घोषणा गर्‍यो १५ प्रतिशत नगद लाभांश

United Ajod
  • BFIS News
  • 2026 Sep 03 10:00
हिमालयन ८०–२० ले घोषणा गर्‍यो १५ प्रतिशत नगद लाभांश
IME LIFE

काठमाडौं, भदौ १७ — हिमालयन ८०–२० (H8020) ले आर्थिक वर्ष २०८२/८३ का लागि १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

Nepal Life
NIMB

हिमालयन क्यापिटल लिमिटेडको भदौ १७ गते बसेको सञ्चालक समितिको ७४औँ बैठकले हिमालयन ८०–२० का इकाइधनीलाई चुक्ता रकमको १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांशमा करसमेत समावेश रहेको छ।

कम्पनीका अनुसार इकाइधनीलाई कुल १५ करोड रुपैयाँ नगद लाभांश वितरण गरिनेछ। लाभांश वितरणका लागि आवश्यक प्रक्रिया पूरा गरी इकाइधनीलाई उपलब्ध गराइनेछ।

हिमालयन ८०–२० दश वर्षे परिपक्वता अवधि भएको बन्दमुखी म्युचुअल फन्ड हो। हिमालयन क्यापिटल लिमिटेडले यस फन्डको योजना व्यवस्थापन तथा प्रवर्द्धन गर्दै आएको छ भने हिमालयन बैंक लिमिटेड फन्डको व्यवस्थापक रहेको छ।

यसैबीच, साउन महिनाको अन्त्यसम्म हिमालयन ८०–२० को खुद सम्पत्ति मूल्य (एनएभी) प्रतिइकाइ १२ रुपैयाँ ५८ पैसा रहेको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया