रसुवामा बाढीबाट ११ जलविद्युतका अझै ९३३ जना सम्पर्कविहीन
- BFIS News
- 2026 Sep 06 19:53
काठमाडौं, २०८३ जेठ २१ गते – रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले ११ वटा जलविद्युत आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बाढीले झण्डै ९३३ जना कामदार सम्पर्कविहीन रहेको तथा ६६९ मेगावाट क्षमताका आयोजना प्रभावित भएको इप्पानले जनाएको छ।
सञ्चालनमा रहेका ८ वटा आयोजना (२८१ मेगावाट) र निर्माणाधीन ४ वटा आयोजना (३८८ मेगावाट) गरी जम्मा १२ मध्ये ११ आयोजना बाढीले क्षति पुर्याएको छ। सबैभन्दा धेरै क्षति माथिल्लो त्रिशूली-१ (२१६ मेगावाट) आयोजनामा भएको छ, जहाँ निर्माण कार्यरत १ हजार ४३३ जनामध्ये ८७८ जनाको मात्र उद्धार भएको छ। ५४८ जना अझै सम्पर्कविहीन रहेका छन्।
रसुवागढी जलविद्युत केन्द्र (१११ मेगावाट) सञ्चालनमा रहेकोमा यसको विद्युतगृह बाढीको पानी, हिलो र लेदोले पूर्ण रूपमा पुरिएको छ। उद्धार टोलीले विद्युतगृहभित्र खोजी गर्दा पनि कुनै कर्मचारी भेटिएको छैन। यहाँ ८ देखि १४ जना फसेको अनुमान गरिए पनि अहिलेसम्म कोही फेला नपरेको भूगर्भविद् विष्णु शिवाकोटीले बताए।
चिलिमे जलविद्युत केन्द्र (२० मेगावाट) मा ७९ जना कार्यरत रहेकोमा बाढीपछि उनीहरूले सुरक्षित स्थानमा आश्रय लिएका थिए। विद्युतगृहको पहुँच सुरुङमा नेपाली र भारतीय सेनाका २१ जनाले म्यानुअल रूपमा माटो र भग्नावशेष हटाउने कार्य गरिरहेका छन्। २५० मिटर लामो सुरुङमध्ये १०० मिटर मात्र सफा भएको छ।
लाङटाङ भोटेकोशी (१२० मेगावाट) निर्माणाधीन रहेकोमा यहाँ पनि ४५४ जना सम्पर्कविहीन रहेको बताइएको छ। त्यस्तै, लाङटाङ खोला (२० मेगावाट) परीक्षण सञ्चालनमा रहेको र नुवाकोट सौर्य विद्युत आयोजनासमेत बाढीले प्रभावित भएको छ।
नेपाल विद्युत प्राधिकरणका त्रिशूली जलविद्युत केन्द्र (२४ मेगावाट) र देवीघाट जलविद्युत केन्द्र (१४.१ मेगावाट) मा ३ जना सुरक्षागार्ड र १ जना कर्मचारी सम्पर्कविहीन भएका छन् भने अन्य ७० जना सकुशल रहेको प्राधिकरणले जनाएको छ।
माथिल्लो त्रिशूली-१ आयोजनामा शनिबार तीन डिसेन्डर वेसनमध्ये दुईबाट चिनियाँ नागरिकहरूको उद्धार गरिएको छ भने डिसेन्डर वेसनको डाउन साइटमा दुई शव फेला परेको छ। अब अन्य डिसेन्डर वेसनबाट पानी र हिलो बाहिर निकालेर उद्धार कार्य अगाडि बढाइने आयोजनाका प्रवर्द्धक कम्पनीले जनाएको छ।
नेपाली सेना, सशस्त्र प्रहरी, कोरियाली, शेष, सच्व, ड्रोन टिम र विशेष प्रशिक्षित कुकुरको सहायतामा उद्धार कार्य जारी रहेको छ। प्रतिकूल मौसम, पहुँच मार्ग पूर्ण रूपमा विच्छेद, र भारी मात्रामा पानी र हिलोले उद्धार कार्यमा चुनौती थपेको छ।
रसुवागढीको विद्युतगृह पुग्ने पहुँच सुरुङको हिलो र लेदो हटाउँदै ट्रान्सफर्मर क्याभर्न र कन्ट्रोल रुमसम्मको खोजी कार्य भइसकेकोमा कुनै पनि कर्मचारी फेला नपरेको उद्धार टोलीले जनाएको छ। विद्युतगृहको ईओटी क्रेन लेभलभन्दा माथिसम्म बाढीको पानी र लेदो पुगेको पाइएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया