मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंक प्राप्ति गर्ने प्रारम्भिक सम्झौता
- BFIS News
- 2026 Sep 07 11:00
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता गरेको छ।
बैंकका अनुसार तीनवटै संस्थाका सम्बन्धित प्रतिनिधिबीच प्रस्तावित प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो। वित्तीय क्षेत्रलाई थप सुदृढ बनाउने, संस्थागत क्षमता अभिवृद्धि गर्ने, व्यवसाय विस्तार गर्ने तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्राप्ति प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ।
प्रारम्भिक सम्झौतापछि प्रस्तावित प्राप्तिसम्बन्धी विस्तृत अध्ययन तथा मूल्याङ्कनको प्रक्रिया अघि बढाइनेछ। यस क्रममा तीनवटै संस्थाको सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण (ड्यु डिलिजेन्स), वित्तीय तथा संस्थागत अवस्थाको मूल्याङ्कन, शेयर आदान–प्रदानको व्यवस्था लगायत आवश्यक विषयमा अध्ययन गरिनेछ।
यस्तै, प्राप्ति प्रक्रियालाई अन्तिम रूप दिन आवश्यक अन्य कानुनी तथा प्राविधिक प्रक्रिया पनि अघि बढाइनेछ। तर, प्रस्तावित प्राप्ति नेपाल राष्ट्र बैंकको स्वीकृति तथा प्रचलित कानुनबमोजिम पूरा गर्नुपर्ने नियामकीय प्रक्रिया सम्पन्न भएपछि मात्र अन्तिम रूपमा कार्यान्वयन हुनेछ।
मुक्तिनाथ विकास बैंक, जानकी फाइनान्स र सिन्धु विकास बैंकले प्रस्तावित प्राप्ति प्रक्रियालाई पारदर्शी र व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। साथै, प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाको पालना गर्दै सम्बन्धित सबै सरोकारवालाको हितलाई प्राथमिकतामा राखिने बताएका छन्।
प्रस्तावित प्राप्ति सम्पन्न भएमा तीनवटै संस्थाको वित्तीय तथा संस्थागत क्षमता एकीकृत हुने र व्यवसायको आकार तथा पहुँच विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)








प्रतिक्रिया