Siddartha Bank
Prabhu Mahalaxmi

पर्यटन बोर्डको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त आह्वान

Sanima Reliance
  • BFIS News
  • 2026 Sep 11 13:44
पर्यटन बोर्डको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त आह्वान
United Ajod

काठमाडौं । नेपाल पर्यटन बोर्डले रिक्त कार्यकारी प्रमुख पदमा नियुक्तिका लागि योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन माग गरेको छ।

Siddartha Bank
EBL
Nepal Life

बोर्डले सार्वजनिक सूचना जारी गर्दै आवेदनका लागि आवश्यक योग्यता, कागजात र दस्तुरसहितको प्रक्रिया सार्वजनिक गरेको हो।

बोर्डका अनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन पेस गर्नुपर्नेछ। अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछि कार्यालय खुलेको पहिलो दिन कार्यालय समयभित्र दरखास्त बुझाउन सकिनेछ।

कार्यकारी प्रमुख पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र पर्यटन क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको अनुभव हुनुपर्नेछ। साथै, प्रचलित कानुनअनुसार उम्मेदवार हुन अयोग्य नरहेको हुनुपर्नेछ।

आवेदनसँग उम्मेदवार स्वयंले प्रमाणित गरेका शैक्षिक तथा अन्य आवश्यक प्रमाणपत्र, बढीमा ३ हजार शब्दको रणनीतिक कार्ययोजना र बढीमा १ हजार शब्दको उल्लेखनीय उपलब्धिसम्बन्धी प्रतिवेदन पेस गर्नुपर्नेछ। विभागीय स्वीकृति आवश्यक पर्ने उम्मेदवारले सम्बन्धित स्वीकृतिपत्रसमेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

दरखास्त दस्तुरबापत १५ हजार रुपैयाँ बुझाउनुपर्नेछ। उक्त रकम नबिल बैंक लिमिटेडको तीनधारा शाखामा रहेको तोकिएको खातामा जम्मा गरी बैंक भौचर आवेदनसँगै पेस गर्नुपर्नेछ।

आवेदन फाराम तथा आवश्यक कागजात नेपाल पर्यटन बोर्डको भृकुटीमण्डपस्थित कार्यकारी प्रमुखको सचिवालयमा बुझाउन सकिनेछ। बोर्डले इमेलमार्फत पनि आवेदन तथा कागजात पठाउन सकिने व्यवस्था गरेको जनाएको छ।

पदसम्बन्धी विस्तृत सूचना, आवेदन प्रक्रिया तथा आवश्यक जानकारी बोर्डको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया