भोटेकोशी बाढीपीडितका लागि सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग
- BFIS News
- 2026 Sep 11 15:02
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर पौडेलले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेका छन् ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्षसमेत रहेका पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन् । उनले सहयोग रकमको चेक बिहीबार सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्र प्रभावित भएका थिए । बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनामा सरकारका प्रयासलाई सहयोग पुर्याउने उद्देश्यले व्यक्तिगत रूपमा उक्त रकम प्रदान गरेको पौडेलले बताए ।
पौडेलले प्राकृतिक विपद्बाट भएको क्षतिपछि प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका लागि सबै पक्षबाट सहयोग आवश्यक रहेको बताए । उनले स्वदेश तथा विदेशमा रहेका नेपालीसहित सम्बन्धित सबैलाई राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)


.jpg)


.jpg)


प्रतिक्रिया