नेपाल लाइफका कर्मचारीद्वारा बाढीपीडितका लागि ९ लाख ५३ हजार सहयोग
- BFIS News
- 2026 Sep 11 20:03
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ९ लाख ५३ हजार २१६ रुपैयाँ सहयोग गरेका छन्।
नेपाल लाइफ कर्मचारी युनियनले कर्मचारीसँग स्वेच्छिक रूपमा सहयोग आह्वान गरेपछि संकलित रकम बाढी प्रभावित परिवारको राहत, विस्थापित नागरिकको पुनःस्थापना तथा घाइतेको उद्धार र उपचारमा सहयोग पुर्याउने उद्देश्यले उपलब्ध गराइएको हो।
युनियनका अध्यक्ष कर्मलाल योञ्जन लामा, महासचिव दिपक प्रसाद लुईटेल, कोषाध्यक्ष कपिलदेव भट्ट र सचिव उषा श्रेष्ठलगायत पदाधिकारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका छन्।
चेक हस्तान्तरणका क्रममा युनियनले कर्मचारी देशप्रति उत्तरदायी भएर आफ्नो सीप, योग्यता र क्षमता प्रस्तुत गर्दै आएको र देशमा विपद् पर्दा आफ्नो सामर्थ्यअनुसार सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। प्राकृतिक विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण पक्ष भएको युनियनको भनाइ छ।
युनियनले विपद्बाट प्रभावित परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाको सकुशल उद्धारको कामना गरेको छ। साथै, विस्थापित नागरिकको शीघ्र पुनःस्थापना र प्रभावित क्षेत्रमा राहत तथा उद्धारका काम प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेको छ।
भोटेकोशी नदीमा आएको बाढीबाट रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारी तथा निजी क्षेत्रबाट सहयोग जुटिरहेको छ। विभिन्न संघसंस्था तथा व्यावसायिक प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन्।
नेपाल लाइफ कर्मचारी युनियनले पनि राहत तथा पुनःस्थापना अभियानमा आफ्नो तर्फबाट आर्थिक योगदान गरेको जनाएको छ। बीमा व्यवसायमार्फत नागरिक तथा सम्पत्तिको जोखिम सुरक्षामा काम गर्दै आएको अवस्थामा प्राकृतिक विपद्का बेला प्रभावित समुदायको सहयोगलाई सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाइएको युनियनले जनाएको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यस अघि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरिसकेको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)






.jpg)


प्रतिक्रिया