बेनी हाइड्रोपावरको आईपीओमा ३० गुणाभन्दा बढी आवेदन
- BFIS News
- 2026 Sep 11 20:34
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयरमा मागभन्दा ३० गुणाभन्दा बढी आवेदन परेको छ।
निष्कासनको अन्तिम दिनसम्म २३ लाखभन्दा बढी आवेदकले २ करोड ६३ लाखभन्दा बढी कित्ता शेयरका लागि आवेदन दिएका छन्।
बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार कुल २३ लाख ६१ हजार १२४ जना आवेदकबाट २ करोड ६३ लाख ७१ हजार ७४० कित्ताका लागि आवेदन परेको हो। कम्पनीले सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्कासन गरेको थियो।
यस आधारमा निष्कासन गरिएको शेयरको तुलनामा ३०.५५ गुणा बढी आवेदन परेको छ। आवेदनमार्फत कुल २ अर्ब ६३ करोड ७१ लाख ७४ हजार रुपैयाँ बराबरको रकम संकलन भएको क्यापिटलले जनाएको छ।
कम्पनीले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो। भदौ २६ गते आवेदन दिने अन्तिम दिन रहेको थियो।
मागभन्दा अत्यधिक आवेदन परेकाले कम्पनीको आईपीओ बाँडफाँड गोलाप्रथाबाट गरिनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)





.jpg)


प्रतिक्रिया