NIMB Header 2
Prabhu Mahalaxmi

जालपादेवी केबलकार सुदूरपश्चिमको पर्यटन र आर्थिक सम्भावनाको नयाँ आधार बन्ने : चन्द्र ढकाल

United Ajod
  • BFIS News
  • 2026 Sep 14 09:22
जालपादेवी केबलकार सुदूरपश्चिमको पर्यटन र आर्थिक सम्भावनाको नयाँ आधार बन्ने : चन्द्र ढकाल
IME LIFE

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष, उद्यमी तथा व्यवसायी चन्द्रप्रसाद ढकालले प्राकृतिक विपत्तिले दिएको पीडासँगै दीर्घकालीन पूर्वाधार निर्माणले मुलुकको भविष्यप्रतिको आशा बलियो बनाउने बताएका छन्।

Nepal Life
NIMB

रसुवामा केही दिनअघि आएको बाढीबाट ठूलो जनधनको क्षति भएको स्मरण गर्दै ढकालले विपत्तिबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। बाढीले धेरैको घरपरिवार र वर्षौंका सपना प्रभावित बनाएको अवस्थामा आफू सम्पूर्ण नेपालसँगै पीडामा उभिएको उनको भनाइ छ।

यसैबीच, सुदूरपश्चिम प्रदेशको कैलालीस्थित जालपादेवी केबलकार आयोजनाको तल्लो स्टेसन पुगेपछि भने मुलुकको भविष्यप्रति नयाँ आशा जागेको ढकालले उल्लेख गरेका छन्। उनका अनुसार प्रकृतिले समय–समयमा परीक्षा लिए पनि त्यही प्रकृतिको काखमा निर्माण भइरहेका पूर्वाधारले नेपालको सम्भावना र भविष्यप्रतिको विश्वासलाई प्रतिबिम्बित गर्छन्।

जालपादेवी केबलकार आयोजना सुदूरपश्चिम प्रदेशमा निजी क्षेत्रबाट भएको सम्भवतः ठूलो लगानीमध्ये एक रहेको ढकालको भनाइ छ। तर, उनका लागि यो आयोजना लगानीको आकारमा मात्र सीमित छैन। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलाई पर्यटन, संस्कृति र अर्थतन्त्रका माध्यमबाट जोड्ने दीर्घकालीन सम्भावनाका रूपमा यसलाई हेरिएको छ।

भौगोलिक सीमालाई पर्यटन पूर्वाधारमार्फत जोड्दै आर्थिक गतिविधि विस्तार गर्न सकिने उनको धारणा छ। यस्ता आयोजनाले विभिन्न प्रदेशबीच आवागमन, पर्यटन तथा व्यावसायिक सम्बन्ध विस्तार गर्दै साझा समृद्धिको आधार निर्माण गर्न सक्ने अपेक्षा गरिएको छ।

देशका विभिन्न भाग प्राकृतिक विपत्तिसँग जुधिरहेका बेला दीर्घकालीन पूर्वाधार निर्माणको गति रोक्न नहुनेमा पनि ढकालले जोड दिएका छन्। विपत्तिमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै राहत तथा पुनर्निर्माणमा जुट्नुका साथै समानान्तर रूपमा भविष्य निर्माणको अभियान अघि बढाउनुपर्ने उनको भनाइ छ।

जालपादेवी केबलकार चाँडै सञ्चालनमा आउने अपेक्षा गरिएको छ। नेपालका कर्णाली र सुदूरपश्चिमसँगै सातै प्रदेशमा यस्ता पर्यटन तथा पूर्वाधार आयोजना विस्तार गर्न सके पर्यटकको नेपाल बसाइ अवधि बढाउन महत्वपूर्ण योगदान पुग्ने ढकालको विश्वास छ।

उनका अनुसार केबलकार आयोजना नेपाली पर्यटकका लागि मात्र नभई सीमापारिका भारतीय पर्यटकका लागि समेत नयाँ आकर्षणको केन्द्र बन्न सक्छ। पर्यटन पूर्वाधारको विस्तारसँगै स्थानीय अर्थतन्त्र, रोजगारी र व्यवसायिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

ढकालले रसुवा बाढीबाट प्रभावित सम्पूर्ण परिवारप्रति समवेदना व्यक्त गर्दै विपत्तिपछिको पुनर्निर्माणमा जुटिरहेका सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया