NIMB Header 2
Nepal Life

ई–जीपी बन्द गरेर कागजी खरिद प्रक्रियामा फर्किनु गलतः कुलमान घिसिङ

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 15 13:02
ई–जीपी बन्द गरेर कागजी खरिद प्रक्रियामा फर्किनु गलतः कुलमान घिसिङ
United Ajod

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सार्वजनिक खरिदको विद्युतीय प्रणाली (ई–जीपी) बन्द गरी कागजी प्रक्रियामा फर्किने सरकारको निर्णयप्रति असहमति जनाएका छन्।

Nepal Life
NIMB

साइबर सुरक्षासम्बन्धी जोखिम देखिए पनि त्यसको समाधान प्रणाली नै बन्द गर्नु नभई प्राविधिक सुधार र सुरक्षा परीक्षणमार्फत सेवा पुनः सञ्चालन गर्नुपर्ने उनको धारणा छ।

घिसिङले सामाजिक सञ्जालमार्फत सार्वजनिक खरिद प्रणालीमा देखिएको समस्यालाई तत्काल सम्बोधन गर्न सुरक्षा परीक्षण, प्राविधिक स्तरोन्नति, ब्याकअप प्रणाली तथा आपत्कालीन अवस्थामा सञ्चालन गर्न सकिने वैकल्पिक व्यवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख गरेका छन्।

भदौ, असोज र कात्तिक महिना सार्वजनिक खरिद तथा बजेट कार्यान्वयनका हिसाबले महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले ई–जीपी अवरुद्ध हुँदा संघ, प्रदेश र स्थानीय तहअन्तर्गत सञ्चालन हुने सयौँ ठेक्का तथा विकास निर्माणसम्बन्धी प्रक्रिया प्रभावित हुन सक्ने धारणा राखेका छन्।

उनका अनुसार विद्युतीय प्रणालीको सट्टा कागजी प्रक्रियामा फर्किँदा बोलपत्र आह्वान, मूल्याङ्कनलगायतका काम थप जटिल बन्न सक्छन्। यस्तो अवस्थामा सार्वजनिक खरिदमा विगतमा देखिएका मिलेमतो, अस्वस्थ प्रतिस्पर्धा, दबाब र धम्कीजस्ता समस्या पुनः देखा पर्न सक्ने जोखिम रहने उनको भनाइ छ।

घिसिङले डिजिटल प्रणालीमा प्राविधिक वा सुरक्षा समस्या आउन सक्ने भए पनि त्यसको विकल्प प्रणालीलाई लामो समय बन्द राख्नु नभएको उल्लेख गरेका छन्। ई–जीपीलाई सुरक्षित रूपमा पुनः सञ्चालनमा ल्याएर सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउनुपर्ने उनको जोड छ।

ई–जीपी लामो समयदेखि अवरुद्ध हुँदा निर्माण व्यवसायी, आपूर्तिकर्ता र परामर्शदाता प्रत्यक्ष प्रभावित भएको उल्लेख गर्दै घिसिङले सरकारले समस्या समाधानका लागि शीघ्र प्राविधिक उपाय अपनाउनुपर्ने बताएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया