NIMB Header 2
Nepal Life

एभरेस्ट र सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 16 11:14
एभरेस्ट र सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
United Ajod

काठमाडौं । एभरेष्ट बैंक र सानिमा बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। दुवै बैंकले असोज १ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले सम्बन्धित बैंकको लाभांश प्राप्त गर्नुका साथै वार्षिक साधारण सभामा सहभागी हुन पाउनेछन्।

Nepal Life
NIMB

एभरेस्ट बैंकको १५ प्रतिशत लाभांश

एभरेस्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको कुल १५ प्रतिशत लाभांश पारित गर्न असोज १४ गते ३२औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा बिहान १० बजे सुरु हुनेछ।

बैंकको भदौ ११ गते बसेको सञ्चालक समितिको ४०२औँ बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश, कर प्रयोजनसहित, वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकको चुक्ता पुँजी १३ अर्ब ७२ करोड रुपैयाँ रहेको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण पारित गर्नेछ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

सानिमा बैंकको १० प्रतिशत लाभांश

सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्ताव गरेको १० प्रतिशत लाभांश पारित गर्न असोज १२ गते २२औँ वार्षिक साधारण सभा बोलाएको छ। अम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौंमा हुने सभा बिहान ११ बजे सुरु हुनेछ।

बैंकले सञ्चित मुनाफाबाट प्राथमिकता शेयरधनीका लागि ८.२५ प्रतिशत लाभांशबापत ५ करोड २४ लाख रुपैयाँ तथा साधारण शेयरधनीका लागि करसहित १० प्रतिशत नगद लाभांशबापत १ करोड ३५ लाख रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने प्राथमिकता शेयर पुँजी २ अर्ब रुपैयाँ छ। सञ्चालक समितिले साधारण शेयरतर्फ करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान हिसाब, वित्तीय विवरण तथा नगद प्रवाह विवरण पारित गर्नेछ। आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा छ। यसका साथै, सार्वजनिक शेयरधनी समूहबाट सञ्चालक समितिमा दुई जना सञ्चालक निर्वाचित गर्ने प्रस्तावसमेत रहेको छ।

असोज १ गते बुक क्लोज हुने भएकाले भदौ मसान्तसम्म कायम शेयरधनीले सानिमा बैंकको प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागी हुन पाउनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया