Nepal Life

मर्जर पछि ग्लोबल, इन्भेष्टमेन्ट र नविल बने प्रतिस्पर्धी, आकारमा ग्लोबल नाफामा इन्भेष्टमेन्ट र सूचकमा नविल अगाडी

Global Ime detail Page
  • प्रभात कुईकेल
  • 2023 Nov Sun 07:35
मर्जर पछि ग्लोबल, इन्भेष्टमेन्ट र नविल बने प्रतिस्पर्धी, आकारमा ग्लोबल नाफामा इन्भेष्टमेन्ट र सूचकमा नविल अगाडी
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको विग मर्जरको नीतिलाई आत्मसाथ गरेका ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नविल बैंक सर्वाधिक ठुला प्रतिस्पर्धी बैंक बनेका छन् । मर्जर सँगै आकारमा सर्वाधिक ठुलो ग्लोबल आइएमई बनेको छ । तीन वटा बैंक मध्ये ग्लोबल आइएमई चुक्ता पूँजी, निक्षेप संकलन, कर्जा लगानी, खुद व्याज आम्दानी, खर्च, कष्ट अफ फण्ड जस्ता सूचकमा अगाडी देखिएको छ ।

NIMB

त्यस्तै पूँजीका हिसावले दोस्रो ठुलो बैंक बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा सर्वाधिक धेरैम नाफा आर्जन गर्ने बैंक बनेको छ । बैंकको सञ्चालन मुनाफा र मुनाफा सबैभन्दा धेरै रहेको छ । हाल बैंकको पूँजीकोष अनुपात प्रतिस्पर्धी तीन बैंकको भन्दा धेरै रहेको छ । खराव कर्जाबाट पिडित नेपाल इन्भेष्टमेन्टले पुराना विग्रिएको कर्जा सल्टाउदा सल्टाउदै पनि पछिल्लो समयको आर्थिक मन्दीको सामना गरिरहेको छ ।

आकारमा ग्लोबल र इन्भेष्टमेन्ट देखिए पनि सूचकहरुमा भने नविल अगाडी छ । पूँजीका हिसावले तेस्रो ठुलो नविल बैंकको जगेडा कोष सबैभन्दा धेरै रहेको छ । मुनाफामा दोस्रो नविल वितरणयोग्य मुनाफामा भने पहिलो नम्बरमा छ । प्रतिशेयर आम्दानी, प्रतिशेयर नेटवर्थ, पिइ रेसियो र शेयर मूल्यमा सबैभन्दा अगाडी रहेको छ ।

आकार

बाणिज्य बैंकहरुको कुल चुक्ता पूँजी मध्ये सर्वाधिक ठुला तीन बाणिज्य बैंकले मात्रै २६ प्रतिशत हिस्सा ओगटेका छन् । यस मध्ये सर्वाधिक धेरै ग्लोबल आइएमई बैंकको रहेको छ । पछिल्लो चार वर्षको अवधिमा तीन वटा बाणिज्य बैंकको मिश्रण ग्लोबल आइएमई बैंकमा रहेको छ । साविक जनता बैंक र बैंक अफ काठमाण्डू विलिन गराएको ग्लोबलले हालसम्ममा झण्डै एक दर्जन भन्दा बढि संस्थालाई मिलाइसकेको छ । ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड रहेको छ ।

 त्यस्तै विग मर्जरको इतिहास रचेको अर्को नेपाल इन्भेष्टमेन्ट बैंकले मेगा बैंक सँग मर्जर चुक्ता पूँजी तर्फ सर्वाधिक दोस्रो ठुलो बन्ने इतिहास रचेको हो । मर्जर सँगै बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा मुनाफामा सबैलाई उछिनेको छ । बैंकले यस त्रैमाशिक अवधिमा मुनाफामा उछिने पनि बैंकको खराव कर्जाले भने सबैलाई झस्कादिएको छ । बैंकले यदि दोस्रो त्रैमाशिक अवधिमा खराव कर्जालाई सल्टाउन सक्ने हो भने राम्रै गति लिने निश्चित छ ।

आकारमा तेस्रो सूचकमा पहिलो नविल बैंकले पनि मर्जरबाटै आफुलाई तेस्रो नम्बरमा उभ्याएको हो । पूँजीका हिसावले तेस्रो बन्नमा साविक बैंक अफ काठमाडौंको योगदान रहेको छ । बैंकको सबैभन्दा सुन्दर पक्ष चुक्ता पूँजी भन्दा जगेडा कोष बलियो छ । यो कोष आगामी वर्षमा अझै बढ्ने निश्चित छ । बैंकको जगेडामा २८ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । यसमा साविक नेपाल बंगालादेश बैंकको शेयर अनुपातमा वार्गेन पर्चेज गेको राम्रो योगदान छ ।

कर्जा तथा निक्षेप

कर्जा तथा निक्षेप तर्फ पनि सबैभन्दा ठुलो ग्लोबल आइएमई बैंक नै रहेको छ । ग्लोबलले पहिलो त्रैमाशिक अवधिमा ४ खर्ब ४३ अर्ब निक्षेप संकलन गरी तीन खर्ब ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । त्यस्तै नविल बैंक पनि निक्षेप तथा कर्जामा सबैभन्दा धेरै आक्रामक देखिन्छ । बैंकले ४ अर्ब १४ अर्ब निक्षेप संकलन गरि ३ खर्ब ५३ अर्ब कर्जा लगानी गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगाले पनि तीन खर्ब ६१ अर्ब निक्षेप संकलन गरी तीन खर्ब ४ अर्ब कर्जा लगानी गरेको छ । बैंक सँगको पूँजी तथा कोष अनुसार अझै निक्षेप संकलन तथा कर्जा विस्तार गर्ने स्पेस बाँकी छ ।

निक्षेप संकलन तथा कर्जा परिचालन गरेर सबैभन्दा धेरै आर्जन ग्लोबल आइएमई कै छ । बैंकले खुद व्याज आम्दानी ४ खर्ब ४० अर्ब रुपैयाँ आर्जन गरेको छ । त्यस्तै दोस्रो धेरै खुद व्याज आम्दानी नविल बैंकको छ । बैंकले यस अवधिमा चार खर्ब १७ अर्ब आर्जन गरेको छ । यस वर्ष बैंकले निक्षेप संकलनमा जोड दिदा व्याज खर्चमा व्यापक बृद्धि भएको छ । तेस्रो धेरै खुद व्याज आम्दानी नेपाल इन्भेष्टमेन्ट बैंकको छ । बैंकले ४ अर्ब १६ करोड आर्जन गरेको छ ।

खर्च तथा मुनाफा

पर्सनल खर्च हेर्ने हो भने सबैभन्दा धेरै ग्लोबलकै छ । ग्लोबल आइएमई बैंकको पर्सनल खर्च एक अर्ब ४२ करोड छ भने नविलको एक अर्ब ३९ करोड रहेको छ । जवकी नेपाल इन्भेष्टमेन्टको ९६ करोड १४ लाख मात्रै छ । धेरै वटा संस्थाहरु सँग मर्जर गर्दा गर्दै ग्लोबलको कर्मचारी सञ्जाल तथा कर्मचारी खर्च धेरै माथि पुगिसकेको छ । जुन बैंकको उच्च व्यवस्थापन तहमा कर्मचारी संख्या धेरै हुन्छ त्यस्ता बैंकको कर्मचारी तथा पर्सनल खर्च धेरै हुन्छ ।

सञ्चालन मुनाफा तथा मुनाफामा नेपाल इन्भेष्टमेन्ट बैंक अगाडी देखिए पनि वितरणयोग मुनाफा भने ऋणात्मक छ । बैंकको खराव कर्जा सबैभन्दा धेरै रहेकाले प्रोभिजनिङ पनि धेरै गर्नु परेको छ । विभिन्न किसिमका प्रोभिजनिङले गर्दा वितरणयोग्य मुनाफा ऋणात्मक देखिएको हो । यदि बैंकले आगामी ९ महिनामा कर्जामा सुधार ल्याउन सक्यो भने बैंकको वितरणयोग्य मुनाफा पनि स्वत धेरै देखिनेछ ।

दोस्रो धेरै सञ्चालन मुनाफा नविल बैंकको छ । नविल बैंकको सञ्चालन मुनाफा २ अर्ब १२ करोड हुँदा खुद मुनाफा एक अर्ब ४६ करोड सहित दोस्रो स्थानमा छ भने वितरणयोग्य मुनाफा ३६ करोड ९ लाख मात्रै छ । सञ्चालन मुनाफा तर्फ ग्लोबल तेस्रो स्थानमा छ । खुद व्याज आम्दानी सर्वाधिक धेरै हुँदा हुँदै पनि सञ्चालन खर्च तथा प्रोभिजनिङले यस पटक सञ्चालन मुनाफा एक अर्ब ७९ करोडमा खुम्चिएको हो । मुनाफा एक अर्ब २२ करोड रहेको बैंकको वितरणयोग्य मुनाफा भने ३३ करोड २३ लाख मात्रै छ ।  

वित्तीय सूचक

वित्तीय सूचक तर्फ पनि तीन वटा बैंक विच चर्को प्रतिस्पर्धा छ । पूँजीकोष अनुपात तर्फ नेपाल इन्भेष्टमेन्ट अगाडी छ भने दोस्रो नम्बरमा ग्लोबल र तेस्रोमा नविल रहेको छ । त्यस्तै कष्ट अफ फण्ड तर्फ ग्लोबलको धेरै देखिन्छ । ग्लोबलले धेरै व्याज दिएर निक्षेप उठाएको हुँदा कष्ट अफ फण्ड धेरै देखिएको हो । निक्षेप कर्ताका लागि यो फाइदाजनक भए पनि बैंक र ऋणीका लागि भने यसले खासै फाइदा पुर्याउदैन । यदि कर्जा राम्रो सँग प्रभाह भएन भने बैंकले धेरै मूल्य चुकाउनु पर्छ । बैंकको कष्ट अफ फण्ड ८.१७ प्रतिशत छ । त्यस्तै नेपाल इन्भेष्टमेन्टको भने सबैभन्दा कम ७.८५ प्रतिशत छ भने नविलको ७.८९ प्रतिशत छ । व्याजदरमा चर्को प्रतिस्पर्धा भएकाले पनि बैंकहरुको कष्ट अफ फण्ड धेरै देखिएको हो । कष्ट अफ फण्ड धेरै हुने वित्तीकै आधार व्याजदर पनि बढ्छ साथै कर्जाको व्याजदर त बढ्ने नै भयो ।

खराव कर्जा तर्फ हेर्ने हो भने नेपाल इन्भेष्टमेन्टको सबैभ्नदा धेरै ४.८३ प्रतिशत त्यस पछि ग्लोबलको ४.३८ प्रतिशत र नविलको ३.६९ प्रतिशत छ । जवकी कुनै समय नविल बैंक खराव कर्जामा सबैभन्दा सुरक्षित बैंक भित्र पर्थ्यो । गएका वर्षमै नविलको खराव कर्जामा समस्या थिएन । मर्जर र आर्थिक मन्दीको प्रभावले गर्दा बैंकलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको छ ।

प्रतिशेयर आम्दानी सबैभन्दा धेरै नविलको २१.७२ रुपैयाँ छ । त्यस्तै इन्भेष्टमेन्टको १७.८४ रुपैयाँ छ भने ग्लोबलको १३.७१ रुपैयाँ छ ।  प्रतिशेयर नेटवर्थ नविल बैंकको सबैभन्दा धेरै २१८ रुपैयाँ छ भने इन्भेष्टमेन्टको १७३ रुपैयाँ र ग्लोबलको १६८ रुपैयाँ छ । बजार मूल्य हेर्ने हो भने नविलको सबैभन्दा धेरै छ । सबैभन्दा कम रहेको नेपाल इन्भेष्टमेन्टको भने अवका दिनमा बढ्न सक्ने सम्भावना उच्च छ । हाल सबैभन्दा कम १७५ रुपैयाँ मात्रै छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया