Nepal Life

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, नगद र बोनस शेयर सहित ३ अर्ब २१ करोड वितरण गर्दै

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Sun 11:01
ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, नगद र बोनस शेयर सहित ३ अर्ब २१ करोड वितरण गर्दै
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ९ प्रतिशत लाभांश दिने भएको हो । 

NIMB

आज विहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी ३५ अर्ब ७७ करोडको ८ प्रतिशत नगद लाभांश र एक प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । 

बैंकले नगद र बोनस शेयरका लागि तीन अर्ब २१ करोड रुपैयाँ वितरण गर्नेछ । रकमका हिसावले बैंकले अहिलेसम्मकै सर्वाधिक धेरै लाभांश दिन थालेको हो । मर्जर पछि चुक्ता पूँजी धेरै भएकाले पनि प्रतिशत भने कम देखिएको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पछि मात्रै सधारणसभाका लागि पेश गर्न सक्नेछ । साधारणसभाले पारित गरेपछि बल्ल शेयरधनीले प्राप्त गर्ने छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया