साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य
- BFIS News
- 2026 Sep 18 18:31
काठमाडौं। सार्वजनिक यातायातलाई आधुनिक, पारदर्शी तथा प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत साझा यातायात (सहकारी संस्था लि.) ले डिजिटल टिकटिङ प्रणाली कार्यान्वयनमा ल्याउने पहल अघि बढाएको छ। यसका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (NIMB) ले साझा यातायातसँग Payment Partner Bank का रूपमा सहकार्य गर्ने भएको छ।
सहकार्यअन्तर्गत साझा बसका यात्रुले डिजिटल माध्यमबाट सहज, सुरक्षित तथा पारदर्शी रूपमा भाडा भुक्तानी गर्न सक्ने व्यवस्था विकास गरिनेछ। ट्रान्जिट टिकटिङ प्रणालीअन्तर्गत साझा बसमा टिकट जारी गर्न बैंकका POS मेसिन प्रयोग गरिनेछ। यसबाट यात्रुले कार्ड तथा अन्य डिजिटल माध्यममार्फत भाडा भुक्तानी गर्न सक्नेछन्।
साझा यातायातले सार्वजनिक यातायातको सञ्चालन तथा भाडा संकलन प्रक्रियालाई प्रविधिमार्फत व्यवस्थित बनाउने उद्देश्यले डिजिटल रूपान्तरणलाई प्राथमिकता दिएको जनाएको छ। संस्थाले आधुनिक कमाण्ड तथा कन्ट्रोल सेन्टरसहित विभिन्न प्रविधिमैत्री सेवा सञ्चालनमा ल्याइसकेको जनाएको छ।
डिजिटल टिकटिङ प्रणालीमार्फत सार्वजनिक यातायातमा नगदरहित यात्रालाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ। प्रणालीमा विभिन्न डिजिटल भुक्तानी माध्यमलाई समेटिने भएकाले यात्रुले आफ्नो सुविधाअनुसार भाडा भुक्तानी गर्न सक्ने व्यवस्था हुनेछ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका लागि पनि सार्वजनिक यातायात क्षेत्रमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने तथा सुरक्षित र सहज डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने यो सहकार्य महत्वपूर्ण पहलका रूपमा रहनेछ। बैंकले आफ्नो डिजिटल भुक्तानीसम्बन्धी पूर्वाधार तथा सेवामार्फत साझा यातायातका यात्रुलाई सहज भुक्तानी अनुभव प्रदान गर्न सहजीकरण गर्नेछ।
यस सहकार्यबाट सार्वजनिक यातायातमा डिजिटल भुक्तानीको प्रयोग विस्तार हुनुका साथै नगदरहित कारोबारलाई प्रवर्द्धन, भाडा संकलन प्रक्रियामा पारदर्शिता र यात्रु सेवाको आधुनिकीकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै, सार्वजनिक यातायातको भुक्तानी प्रणालीलाई क्रमशः थप व्यवस्थित र प्रविधिमैत्री बनाउँदै अन्तर्राष्ट्रियस्तरको प्रणालीतर्फ अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)




.jpeg)





प्रतिक्रिया