NIMB Header 2
Prabhu Mahalaxmi

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

United Ajod
  • BFIS News
  • 2026 Sep 18 19:42
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त
IME LIFE

काठमाडौं । नेपाल विद्युत प्राधिकरण (एनईए) को कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

Nepal Life
NIMB

श्रेष्ठ यसअघि नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। सरकारले वैशाख १९ गते अध्यादेश जारी गरेपछि तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य स्वतः पदमुक्त भएका थिए। त्यसपछि श्रेष्ठले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए।

शुक्रबारको मन्त्रिपरिषद् निर्णयसँगै श्रेष्ठले अब प्राधिकरणको कार्यकारी निर्देशकको औपचारिक जिम्मेवारी पाएका छन्। राज्य स्वामित्वको विद्युत् प्राधिकरणको नेतृत्वमा श्रेष्ठको नियुक्तिसँगै यसअघि निमित्तका रूपमा सम्हाल्दै आएको जिम्मेवारीलाई औपचारिकता दिइएको हो।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया