Nepal Life

भूकम्प प्रभावितलाई सिविफिनको १० लाख आर्थिक सहयोग, स्थानीय निकायका शाखालाई राहत उपलब्ध गराउन आह्वान

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Sun 19:41
भूकम्प प्रभावितलाई सिविफिनको १० लाख आर्थिक सहयोग, स्थानीय निकायका शाखालाई राहत उपलब्ध गराउन आह्वान
Sanima Reliance

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले भूकम्प प्रभावितलाई १० लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आम जनताको तत्काल खोज, उद्धार, घाईतेहरुको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुर्नस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीयलाई सो आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।

 

NIMB

गएको कार्तिक १७ गते शुक्रबार राति ११:४७ बजेको मध्यरातमा जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट विशेषतः जाजरकोट र रुकुम पश्चिम जिल्लामा अपूरणीय जनधनको क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले गहिरो दुःख व्यक्त गरेको छ ।

सिविफिनले राष्ट्रिय विपत्ती आइलागेको यस कठिन अवस्थालाई संवेदनशिलरुपमा लिँदै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्क गरी प्रभावित जनताको वस्तुस्थितिको वारेमा जानकारी लिएको छ । जानकारी लिने क्रममा तत्काल खाद्यान्य, औषधोपचार, न्यानो लत्ताकपडासहितको बसोबास अत्यावश्यक रहेकोले उल्लेखित राहत सामाग्री जुटाउने र सम्बन्धित क्षेत्रमा पुर्याउने पवित्र मानवीय सेवाको कार्यमा सहयोगी हात अगाडि बढाउन सम्बन्धित प्रदेश/जिल्ला तथा स्थानीय निकायहरुमा संचालित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई  आग्रह गरेको छ ।

विपत्ति न जानकारी दिएर आउँछ, न त व्यक्ति एवं भूगोल विशेष हेरेर आउँछ भन्ने शास्वत सत्यलाई मनन् गर्दै जनधनको क्षतिसहित कठिन अवस्थामा रहेका भूकम्प पिडितहरुको सहयोगार्थ सदस्य बैंक तथा वित्तीय संस्थाहरुले सहयोग घोषणा गरिरहेको जानकारी प्राप्त भईरहेको छ ।

यस संवेदनशील घडिमा बैंक तथा वित्तीय संस्थाहरुबाट स्वतस्फूर्त सहयोग भइरहेकोप्रति सिबिफिनले आभार व्यक्त गरेको छ । साथै, यसैगरी खुला हृदयले राहत सहयोग उपलब्ध गराइदिन समेत सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुमा अपिल गरेको हो ।

विनाशकारी भूकम्पको चपेटामा परी उपचाररत सम्पूर्ण घाईतेहरुको शिघ्र स्वाथ्यलाभको कामना व्यक्त गरेको छ । साथै, दिवंगत आत्माहरुको चिर शान्तिको कामनासहित शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया