Nepal Life

प्रथम बीमा शुल्क आर्जनमा आइएमई लाइफ आक्रामक, नेपाल लाइफ फर्ममा (हेर्नुहोस् कसको बृद्धिदर कति)

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Mon 05:24
प्रथम बीमा शुल्क आर्जनमा आइएमई लाइफ आक्रामक, नेपाल लाइफ फर्ममा (हेर्नुहोस् कसको बृद्धिदर कति)
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जनको बृद्धिदर २.५० प्रतिशतले ऋणात्मक छ । तीन जीवन बीमा कम्पनी बाहेक सबैको बृद्धिदर ऋणात्मक छ । नेपाल लाइफ एक्लैको बृद्धिदरले गर्दा समग्र जीवन बीमा कम्पनीहरुको बृद्धिदर २.५० प्रतिशतले मात्रै घटेको देखिएको हो ।

NIMB

जवकी सर्वाधिक धेरै बृद्धि गर्ने आइएमई लाइफको ५०.४९ प्रतिशतले बढेको छ भने सर्वाधिक कम सूर्यज्योति लाइफको ३०.३६ प्रतिशतले घटेको छ । मर्जर पछि सूर्यज्योति लाइफको व्यवसायमा चरम गिरावट आइरहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा नेपाल लाइफले प्रथम बीमा शुल्क आर्जन १७.२९ प्रतिशत बृद्धि गर्दै सर्वाधिक धेरै एक अर्ब ५९ करोड आर्जन गरेको छ । तेस्रो बृद्धिदर नेशनल लाइफको ७.६५ प्रतिशत रहेको छ । कम्पनीले यस अवधिमा ९० करोड ७२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया