Nepal Life

आर्थिक मन्दीमै जीवन बीमा व्यवसाय ११.२३ प्रतिशतले बढ्यो, संस्थान आइएमई र प्रभु महालक्ष्मी सर्वाधिक अगाडी (हेर्नुहोस् बृद्धिदर))

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Mon 06:00
आर्थिक मन्दीमै जीवन बीमा व्यवसाय ११.२३ प्रतिशतले बढ्यो, संस्थान आइएमई र प्रभु महालक्ष्मी सर्वाधिक अगाडी (हेर्नुहोस् बृद्धिदर))
Sanima Reliance

काठमाडौं । आर्थिक मन्दीमै जीवन बीमा व्यवसाय ११.२९ प्रतिशतले बढेको छ । बीमा कम्पनीहरुले आफ्नो व्यवसाय वैदेशिक रोजगारमा गएका नेपाली तथा युरोप अमेरिका जापान अष्ट्रेलिया गएका विद्यार्थी तथा उनिहरुका परिवारको बीमामा ध्यान केन्द्रित गर्दै आइरहेका छन् ।

NIMB

अहिलेको डिजिटल युगमा सामाजिक सञ्जाल मार्फत सम्पर्क गर्दै उनिहरुले बीमाका लागि फोर्स गर्ने गरेका छन् । जीवन बीमामा सबैभन्दा ठुलो समस्या मेडिकल रिपोर्ट हो । यो पनि सम्बन्धित देशको रिनाउन्स अस्पतालको रिपोर्ट हेरेर कम्पनीहरुले बीमा गर्ने गरेका छन् । कतिपयले त अनलाइन प्रणालीबाट आफैले बीमा गराउदै आएका छन् । यसले गर्दा पनि यस वर्ष प्रथम बीमा शुल्क आर्जनमा उल्लेख्य सुधार देखिएको हो ।  

यस वर्षको बृद्धिदरमा सबैभन्दा ठुलो भुमिका राष्ट्रिय बीमा संस्थानको छ । संस्थाले सरकारी कर्मचारीको बीमाको नविकरण बीमा शुल्क एकै पटक संकलन गर्दा पुरै जीवन बीमा इन्ड्रष्ट्रिकै बृद्धिदर राम्रो देखिएको हो । नविकरण बीमा शुल्क आर्जनमा संस्थान एक्लैको बजार हिस्सा ११५३ प्रतिशत छ । कम्पनीले समिक्षा अवधिमा ४ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै बृद्धदर तर्फ दोस्रो स्थानमा आइएमई लाइफ रहेको छ । आइएमई लाइफले कुल बीमा शुल्क आर्जन २६ प्रतिशतले बढाएको छ । यस अवधिमा कम्पनीले एक अर्ब १५ करोड आर्जन गरेको छ । त्यस्तै तेस्रो धेरै बृद्धिदर प्रभु महालक्ष्मी लाइफको रहेको छ । कम्पनीले २२.१८ प्रतिशतले व्यवसाय बृद्धि गर्दै एक अर्ब १५ करोड आर्जन गरेको छ । यो बृद्धिदर साविक प्रभु र महालक्ष्मी लाइफ दुबैको व्यवसायलाई जोडेर निकालिएको हो । कुल बीमा शुल्क आर्जन तर्फ सर्वाधिक कम बृद्धिदर सन नेपालको ५३.७० प्रतिशत रहेको छ ।

सर्वाधिक धेरै व्यवसाय आर्जन गरेको नेपाल लाइफको बृद्धिदर ८.९७ प्रतिशत रहेको छ । कम्पनीले १० अर्ब ९५ करोड आर्जन गरेको छ । कम्पनीको कुल बजार हिस्सा २६.८४ प्रतिशत रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया