Nepal Life

हिमालयन रिको आइपिओ आजदेखि निष्काशन नहुने, कारण लेखा समिति बहाना तिहार विदा नियामकलाई स्पष्टिकरण

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Mon 06:23
हिमालयन रिको आइपिओ आजदेखि निष्काशन नहुने, कारण लेखा समिति बहाना तिहार विदा नियामकलाई स्पष्टिकरण
Sanima Reliance

काठमाडौं । लेखासमितिले हिमालयन रिइन्स्योरन्स कम्पनीको आइपिओ निष्काशन प्रकृयाँ रोक्न निर्देशन दिए सँगै कम्पनीले आजदेखि निष्काशन गर्न थालेको आइपिओको मिति सारेको छ ।

NIMB

सार्वजनिक लेखा समितिले कम्पनीको साधारण सेयर (आइपिओ) प्रकृया रोक्न निर्देशन दिँदै नियामक निकायहरु नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ ।

कम्पनीले आजै एउटा सूचना जारी गरी निष्काशन अवधिमा तिहारको लामो विदा पर्न गएको भन्दै मंसिर ४ गते सोमबारदेखि निष्काशन तथा बिक्री खुला हुने जनाएको छ । कम्पनीले आजदेखि वैदेशिक रोजगारमा गएका नेपालीका लागि प्रिमियममा आइपिओ निष्काशन गरेको थियो ।

नेपाल धितोपत्र बोर्डले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई नै लक्षित गरेर धितोपत्र निष्काशन सम्बन्धी नियमावली संशोधन गर्दै प्रिमियममा आइपिओ निष्काशन गर्ने प्रावधानमा लचकता अपनाएको थियो । यो विषयलाई लिएर अख्तियारदेखि लिएर सम्बन्धित निकायमा उजुरी समेत परिसकेको छ ।

पछिल्लो समय नेपाल धितोपत्र बोर्ड तथा नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई प्रिमियममा आइपिओ निष्काशन गर्न अनुमति दिएको विषयमा चर्को विरोध हुँदै आइरहेको छ । प्राथमिक मूल्यमा आइपिओ निष्काशन गर्नु पर्नेमा कम्पनीहरुको प्रभावमा परेर नियामकहरुले महंगो दरका प्रिमियम शुल्कमा आइपिओ निष्काशन गर्ने गलत अभ्यास स्थापित भएको छ । चार जीवन बीमा कम्पनीहरुले प्रिमियममा शेयर जारी गरेर सर्वसाधारण सँग अर्बौ रुपैयाँ असुलउपर गरिसकेका छन् । हिमालयन लाइफ पनि यहि प्रकृयाँमा रहेको छ ।

कम्पनीले २०७८ जेठमा बीमा प्राधिकरणबाट लाइसेन्स पाएको थियो । कम्पनी ऐनमा प्रिमियममा आइपिओ निष्काशनका लागि कुनै पनि कम्पनीले ३ आर्थिक वर्षको वित्तीय विवरणको लेखापरीक्षण गराएको प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ । बीमा प्राधिकरण र सेबोनले उक्त व्यवस्थालाई वास्ता नगरी आफ्नो एन संसोधन गर्दै एक आर्थिक वर्षको लेखा परीक्षणलाई आधार मान्ने नयाँ व्यवस्था गरेर कम्पनीलाई प्रिमियम मूल्यमा आइपिओ प्रकृया अघि बढाएका थिए ।

कम्पनीले आधार मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम सहित २०६ रुपैयाँको दरमा ३ करोड कित्ता शेयर निष्काशन गर्दैछ । जस मध्ये आजदेखि वैदेशिक रोजगारमा गएका नेपालीका लागि ३० लाख कित्ता शेयर जारी गर्ने तयारी थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया