NIMB Header 2
Prabhu Mahalaxmi

तीन सूचीकृत कम्पनीका महत्वपूर्ण सूचना सार्वजनिक, सयपत्रीको विद्युत् उत्पादन बन्ददेखि सञ्चालक परिवर्तनसम्म

United Ajod
  • BFIS News
  • 2026 Sep 28 14:05
तीन सूचीकृत कम्पनीका महत्वपूर्ण सूचना सार्वजनिक, सयपत्रीको विद्युत् उत्पादन बन्ददेखि सञ्चालक परिवर्तनसम्म
IME LIFE

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत तीन कम्पनीले बाढीबाट आयोजनामा भएको क्षति, सञ्चालक नियुक्ति तथा राजीनामा स्वीकृतिसम्बन्धी सूचना सार्वजनिक गरेका छन्।

Nepal Life
NIMB

सयपत्री हाइड्रोपावर लिमिटेडको २.५ मेगावाट क्षमताको आयोजनाको विद्युत् उत्पादन तथा प्रसारण बाढीका कारण रोकिएको छ। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले नयाँ महिला सञ्चालक नियुक्त गरेको छ भने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक तेजबहादुर चन्दको राजीनामा स्वीकृत भएको छ।

बाढीपछि सयपत्री हाइड्रोपावरको उत्पादन तथा प्रसारण बन्द

सयपत्री हाइड्रोपावर लिमिटेडको बागलुङस्थित दरमखोला ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन तथा प्रसारण कार्य बाढीका कारण पूर्ण रूपमा बन्द भएको छ।

कम्पनीका अनुसार असोज ९ गते शुक्रबार दरम खोलामा आएको बाढीले आयोजनाको स्वीचयार्डदेखि नेपाल विद्युत् प्राधिकरणको हरिचौर सबस्टेसनसम्मको ३३ केभी प्रसारण लाइनका पोल तथा तारमा क्षति पुर्‍याएको छ। त्यसपछि असोज ९ गते राति ११ बजेदेखि आयोजनाको विद्युत् उत्पादन र प्रसारण अवरुद्ध भएको हो।

असोज १० गते रातिदेखि ताराखोला गाउँपालिकामा रहेका सञ्चार टावरमा समेत विद्युत् आपूर्ति बन्द भएपछि आयोजनास्थलमा कार्यरत कर्मचारीसँग सम्पर्क हुन नसकेको कम्पनीले जनाएको छ।

सञ्चार सम्पर्क पुनःस्थापित भएपछि आयोजनास्थलमा भएको थप क्षतिको विस्तृत विवरण सार्वजनिक गरिने कम्पनी सचिव रमेशप्रसाद भण्डारीले जानकारी दिएका छन्। बाढीबाट क्षति पुगेका संरचना चालु बीमा व्यवस्थाअन्तर्गत बीमित रहेको कम्पनीले जनाएको छ।

युनाइटेड अजोडको महिला सञ्चालकमा बिन्जु दाहाल

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने महिला सञ्चालकमा बिन्जु दाहाललाई नियुक्त गरेको छ।

कम्पनी सञ्चालक समितिको असोज ११ गते बसेको ८९औँ बैठकले बीमा ऐन, २०७९ को दफा ४७ बमोजिम दाहाललाई महिला सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो। नियुक्तिबारे कम्पनीले नेप्सेलाई जानकारी गराएको छ।

सानिमा रिलायन्स लाइफका सञ्चालक चन्दको राजीनामा स्वीकृत

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक तेजबहादुर चन्दको राजीनामा स्वीकृत भएको छ।

चन्दले व्यक्तिगत कारण देखाउँदै भदौ २२ गते सञ्चालक पदबाट राजीनामा दिएका थिए। कम्पनी सञ्चालक समितिको असोज १ गते बसेको ६९औँ बैठकले उनको राजीनामा असोज १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनी सचिव प्रीती श्रेष्ठले नेप्सेलाई जानकारी गराएकी छन्।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया